arrow

हुवावे प्रकरणमा अमेरिका र क्यानडाको लचिलो जवाफ

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २९ शनिबार
canada-US.jpg

काठमाडौं । अमेरिका र क्यानडाले हुवावेकी अधिकारीमाथि निष्पक्ष न्यायिक प्रक्रिया अपनाइने बताएका छन् । दुवै मुलुकले चीनले बदलामा हिरासतमा लिएको दुई क्यानडेली नागरिकहरुलाई पनि रिहा गर्न आग्रह गरेका छन् । 

क्यानडाका विदेशमन्त्री र रक्षामन्त्रीले अमेरिकी समकक्षीहरुसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा उनीहरुले चिनियाँ टेलिकम कम्पनी हुवावेकी वित्तीय अधिकारी मेङ वानझोउको हिरासतको मामिलामा इमान्दारीका साथमा काम गरिरहेको बताएका छन् । अमेरिका हुवावेकी अधिकारीलाई अमेरिका सुपुर्दगीको माग गरिरहेको छ ।

अमेरिकाले आफूहरु प्रणाली सही अवस्थामा चलोस् भन्ने पक्षमा रहेको बताएको छ । विदेशमन्त्रीदे संयुक्त पत्रकार सम्मेलनको क्रममा चीनले क्यानडाको वर्तमान न्यायिक प्रक्रियामा राजनीतिक रुपमा तटस्थ रहनुपर्नेमा जोड दिए । 

अमेरिकी विदेशमन्त्रीले अहिले अमेरिकाले क्यानडाको यो मामिलामा आफ्नो तर्फबाट कुनै हस्तक्षेप नभएको तर चीनले भने आफ्नो दबाब बढाइरहेको बताएको छ । 

क्यानडाका अधिकारीहरुले हुवावेकी अधिकारीलाई राष्ट्रिय सुरक्षा उलंघनको सन्देहमा हिरासतमा लिइएको तर बदलामा चीनले किन क्यानडेली नागरिकहरुलाई पक्राउ गरेको हो भन्ने बुझ्न नसकेको बताएका छन् । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि चीनको दुई क्यानडेली नागरिकहरुलाई हिरासतमा लिने कदम सही नभएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ