arrow

काठमाडौं ईपीएलको प्लेअफमा

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
epl-kathmandu.jpg

काठमाडौं । काठमाडौं किग्स इलाभेन एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । शनिबार भएको खेलमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौं प्ले अफमा पुगेको हो ।

१ सय ५० रनको विजयी लक्ष्य काठमाडौंले १९.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । काठमाडौंलाई सहज जित जिताउन ओपनर अमित श्रेष्ठले उत्कृष्ट अर्ध शतक (५१ रन) बनाए ।

ओपनर अमित श्रेष्ठ र कप्तान रोहन मुस्ताफाले पहिलो विकेटको रुपमा ६८ रनको साझेदारी गर्दै काठमाडौंलाई राम्रो सुरुवात दिलाए । मुस्ताफाले २४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए ।

दोस्रो विकेटका रुपमा सागर पुनले अमितसँग ४४ रनको साझेदारी गरेपछि भैरहवाको जितको आशा सकिएको थियो । केभिन ओ,ब्राइनले अन्त्यतिर १५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रनमा नट आउट रहँदै जिताए । 


भैरहवाका लागि कप्तान शरद भेषवाकर र भुवन कार्कीले समान एक विकेट लिने बाहेक अन्य कुनै पनि बलरले विकेट लिन नसक्दा जारी प्रतियोगितामा पहिलो हार खान पुगेको हो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो ।

भैरहवाका लागि रविइन्दर सिंह र कप्तान शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरेपनि टोलीको हार टार्न सकेनन् ।

रविले ६१ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ८६ रनमा नट आउट रहे । त्यस्तै शरदले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडे । 

यस अघिनै भैरहवा र ललितपुर प्ले अफमा पुगिसकेका छन् । अब चितवन र विराटनगर मध्ये एक टोलीले प्ले अफमा स्थान बनाउने छन् । पोखरा समुह चरणबाट बाहिरिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ