arrow

सहिद स्मारक लिगमा च्यासलको चौथो जित 

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
football222.jpg

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले चौथो जित निकालेको छ । शनिबार भएको खेलमा ब्रिगेड ब्वाईजलाई क्लबलाई २–० ले पराजित गर्दै च्यासलले चौथो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोको एक्स्ट्रा टर्फको मैदानमा च्यासललाई जित दिलाउन सन्तबहादुर गुरुङ र संजोक राईले एक–एक गोल गरे । 

६५ औं मिनेटमा सन्तले पहिलो गोल गरे भने ८२ औं मिनेटमा संजोकले गोल गरे । ८५ औं मिनेटमा भने दोहोरो पहेलो कार्डपछि च्यासलका सन्तोष साहुखल मैदानबाट बाहिरिएका थिए । संजोक राई म्यान अफ दि म्याच चुनिए ।

यो जितसंगै च्यासलले ८ खेलबाट १३ अंक जोडेर लिगको पाँचौ स्थानमा उक्लिएको छ । ब्रिगेड ब्वाइज ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ