arrow

जातीय हिंसामा २१ मारिए 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २९ शनिबार
ethiopia1.jpg

काठमाडौं । इथियोपियाको दक्षिणी क्षेत्रमा जातीय समुहहरुको बीचमा भएको झडपमा पनि दुई दिनमा कम्तीमा २१ जनाको ज्यान गएको छ । केन्याको सीमानजिकै रहेका मानिसहरुको बीचमा यो हिंसा भड्किएको हो । 

ओरोमियाको क्षेत्रीय सञ्चार कार्यालयलाई उद्घृत गर्दै समाचारमा ६१ जना मानिसहरु घाइते भएको बताइएको छ । समाचारमा बताइएअनुसार मुलुकका ओरोमो र सोमाली जातीय समुहको बीचमा यो हिंसा भड्किएको हो । 

गत वर्ष दुई समुदायको बीचमा भड्किएको हिंसाको कारण १० लाखभन्दा बढी मानिसहरु विस्थापित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ