arrow

ट्रम्पलाई पछ्याउँदै अष्ट्रेलिया, इजरायलको राजधानी जेरुसलेमलाई मान्ने

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २९ शनिबार
australia3.jpg

काठमाडौं । अष्ट्रेलियाले इजरायलको राजधानी सहरको रुपमा पश्चिमी जेरुसलेमलाई मान्यता दिने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इजरायलको राजधानीको रुपमा जेरुसलेमलाई मान्यता दिने निर्णयलाई पछ्याउँदै अष्ट्रेलियाले यस्तो निर्णय गरेको हो । 

अष्ट्रेलियाका शनिबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले यसको घोषणा गर्दै तेल अभिभमा रहेको राजदूतावास भने शान्ति सम्झौता नहुन्जेलसम्मका लागि स्थान्तरित नगरिने बताए । 

जेरुसलेमलाई इजरायल र प्यालेस्टाइनहरुले आफ्नो राजधानी रहेको दाबी गर्दै आएका छन् । अष्ट्रेलियन प्रधानमन्त्री मौरिसनले आगामी दिनमा पूर्वी जेरुसलेमलाई प्यालेस्टाइनको राजधानीको मान्यता दिने पनि बताए । 

उनले पश्चिमी मुलुकहरुमा उदार लोकतन्त्रको समर्थन गर्नु अष्ट्रेलियाको हितमा रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ