arrow

काश्मिरमा भीडन्त, एक प्रहरीसहित १० जनाको गयो ज्यान, सर्च अभियान जारी 

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
kashmir1.jpeg

श्रीनगर । भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मी र सो क्षेत्रमा आतङ्ककारी क्रियाकलापहरु सञ्चालन गर्दै आएका हतियारधारीबीच भीडन्त भएको छ । भीडन्तमा परी एक भारतीय सुरक्षाकर्मीसहित १० जनाको मृत्यु भएको छ । 

भीडन्तमा ३ आतङ्ककारी र ६ प्रदर्शनकारीको पनि मृत्यु भएको छ । श्रीनगर शहरबाट करिब ३५ किलोमीटर पश्चिममा पर्ने खारपोरा सिर्नो भन्ने स्थानमा शनिबार बिहान सुरक्षा गस्तीमा रहेका भारतीय अर्धसैन्य बलमाथि हतियारधारी अज्ञात समूहले आक्रमण थालेपछि भीडन्त शुरु भएको थियो । 

सो क्षेत्रमा हतियारधारीतर्फका केही लडाकूहरु च्यापिएर रहेका अनुमान गरिएको भन्दै भारतीय सेनाले खोजतलास जारी राखेको छ । सो क्षेत्रमा थप प्रहरी र अर्ध सैन्य बल पठाइएको छ र उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिएको छ । 

उक्त क्षेत्रको मोबाइल फोन सेवा रोकिएको छ भने त्यस वरपरको राजमार्ग र शाखा बाटोहरु पनि बन्द गरेर हतियारधारीलाई नियन्त्रणमा लिने प्रयास जारी राखिएको एक अधिकारीहरुले जनाएका छन् । 

सो क्षेत्रमा प्रतिबन्धित मुस्लिम समहूका हतियारधारीहले समय समयमा यसरी सुरक्षाकर्मीमाथि नै आक्रमण गर्ने गरेका छन् । उनीहरुमाथिको कारबाहीका क्रममा गएको बुधबारमात्र पनि दुई जना हतियारधारी मारिएका भारतीय सुरक्षाकर्मीले जानकारी दिएको थियो । 

सुरक्षाबलले यो वर्षमात्र सो क्षेत्रमा २३० जना आतंकवादी मारिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ