arrow

जान्नुहोस आइफोनको ब्याट्रि टिकाउने काइदा ?

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
iphone1mar16.jpg.jpeg
एजेन्सी ।  आफ्नो स्मार्टफोनको ब्याट्रि लामो समय टिकोस भन्ने सबैलाई  चाहाना हुन्छ । सबै स्मार्टफोनका प्रयोगकर्ताहरुसँग लामो समय सम्म ब्याट्रि टिकाउने उपाय हुदैन  । तर आईफोन प्रयोगकर्ताको लागि भने ब्याट्रि कम हुँदा  एउटा यस्तो मोड रहेको छ  जसले प्रयोगकर्ताहरुलाई राहत अनुभव गराउनेछ ।
 
आईफोनको 'लो पावर मोड' मा थिचे पछि अस्थाई रुपमा पावरको खापत कम हुनेछ। यो मोडले ब्याट्रि खपत गर्ने  मेल तथा 'ब्याकराउण्ड''एप्स'लाई रोकिदिनेछ। जब ब्याट्रि २० प्रतिशतमा पुग्दछ  एप्पलले सुचना प्रवाह गरेर  पावर मोडमा आउन जनाउनेछ ।  
 
लो पावर मोड सुबिधा  ब्याट्रिको आपतकालिन अवस्थामा उपलव्ध हुनेछ । यस मोडमा जानको लागि पहिले तपाइले सेटिंङ्गमा जानुहोस र ब्याट्रिलाई  लो पावर मोडमा सक्रिय गराउनु होस। आइओएस ९ स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि पावर मोड उपलब्ध भएता पनि  यो मोड एप्पलको लेटेस्ट मोडलको आईफोन ६ मा राम्रोसँग काम गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ