arrow

महेश्वरले जिते विश्व शारीरिक सुगठनमा स्वर्णपदक  

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
maheshwor_sugathan_champion.jpg

काठमाडौं । नेपालका बडिबिल्डर महेश्वर महर्जनले थाइल्यान्डमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् । 

शनिबार को चाङमईमा भएको खेलमा महेश्वरले पुरुषको ७५ केजी तौल समूहमा स्वर्णपदक जितेका हुन् ।

१२ खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ