arrow

इपिएल फुटबलका ७ खेलमा १६ गोल 

logo
प्रकाशित २०७५ पुष १ आइतबार
mancity7.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति ७ खेल भएका छन् । ७ खेलबाट १६ गोलमात्र भएको छ । 

खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले एभर्टनलाई हरायो । घरेलु मैदानमा सिटीले खेल ३–१ ले जित्यो । गाब्रियल जिससले २ तथा रहिम स्टर्लिङले १ गोल गरे । 

Gabriel Jesus scored his first league goal since August to hand Manchester City an early lead at the Etihad Stadium

एभर्टनका डोमिनिक काल्भर्ट लेविनले एक गोल फर्काए । क्रिष्टल प्यालेसले पूर्व च्याम्पियन लेस्टर सिटीलाई घरेलु मैदानमा १–० ले हरायो । 

न्युकासल युनाइटेडले हडर्सफिल्ड टाउनलाई उसकै मैदानमा १–० ले हरायो । त्यही नतिजा टोटनह्याम हट्सपरले पनि ल्यायो । टोटनह्यामले बर्नलीलाई घरेलु मैदानमा १–० ले हरायो । 

वाट्फोर्डले कार्डिफ सिटीलाई ३–२ ले हरायो । वुल्भरह्याम्पटनले बर्नमाउथलाई घरेलु मैदानमा २–० ले हरायो । 

वेष्टह्यामले घरेलु मैदानमा फुल्हमलाई २–० ले हरायो । लिगमा म्यान्चेस्टर सिटी र लिभरपुलबीच कडा टक्कर देखिएको छ । १७ खेलबाट सिटीको ४४ र लिभरपुलको १६ खेलबाट ४२ अंक छ । 

Raheem Sterling came off the substitute bench to seal victory for City with one of his first touches of the match

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ