arrow

खरदारदेखि उपसचिवसम्म १४ हजार पदमा विज्ञापन !

logo
प्रकाशित २०७५ पुष १ आइतबार
loksewa-aayog-psc.jpg

काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेकाहरु निकै अलमलमा छन् । कहिले दुई वर्षसम्म लोकसेवाले विज्ञापन खुलाउँदैन भन्ने भ्रम छरिरहेको पाइन्छ त कहिले अब भारी मात्रामा विज्ञापन खुलाउँदैछ भन्ने आउँछ । 

पछिल्लो समय सरकारले कर्मचारी समायोजन गरिरहँदा समायोजन सकिएलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउनेगरी विशेष कार्ययोजना तयार पारेको बुझिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्रयाकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको सूचना बाहिर आएको हो । 

यो विशेष कार्ययोजना अन्तर्गत सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनलगत्तै तिनै तहमा पद अनुसार रिक्त दरवन्दीको प्रक्षेपण गर्नेछ ।

माघको अन्तिम सातासम्ममा ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अगाडि बढाइएको बताइएको छ । 

यदि एकैपटक १४ हजारको विज्ञापन खुल्ने हो भने वेरोजगारीको दर ह्वात्तै घट्ने थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ