arrow

खेताला शिक्षकको भरमा दैलेखको दुर्गम विद्यालय

शिक्षक आउदैन, विद्यार्थी दिनभरी खेल्छन घर फर्कन्छन

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७२ फागुन १८ मंगलबार
school-photo-1.jpg.jpeg
दैलेख। दैलेखको दुर्गम स्थानमा रहेको कालिका गाउँ विकास समितिको वराह नेपाल राष्टिय प्राथमिक विद्यालयमा शिक्षको बेवास्थाले विद्यार्थीहरुको अध्ययन प्रवाभित भएको छ। विद्यालयमा शिक्षक नियमीत नहुनाले विद्यार्थीहरु कक्षाकोठामा वस्छन, केहि समय पछि घर फर्कने गरेका छन्। २०४८ सालमा स्थापना भएको विद्यालयमा विगत देखिनै शिक्षकले खेताला शिक्षकको भरमा विद्यालयको तलव खाने गरेको अभिवकहरु बताउदछन्। 
 
दैलेखको दुर्गम गाविस मध्ये एक उक्त विद्यालयमा स्थापना देखि नै शिक्षकहरु जिम्मेवारी बोध नभएको अभिवाहरुको गुनासो छ। कार्यालय सहायक सहित पाचँ जनाले अध्यापन गराउने वराह नेपाल राष्टिय प्राथमिक विद्यालय भुतेदह कालिकामा कार्यालय सहायक धनवहादुर वुढा ११ वजे तिर आएर विद्यार्थिहरुलाई राष्टिय गान भन्न लगाउछन विद्यालयमा हुने भनेको यति मात्र थियो। हाम्रो रिपोर्ट तयार गर्न गएको टोली त्यस विद्यालयमा पुग्दा विहानको ११ वजेको थियो विद्यार्थिहरु खेलिरहेका थिए, विद्यालयको सवै कक्षाकोठाहरुमा ताल्चा लागेको थियो, अफिस कोठामा पनि ताल्चा लागेको थियो।
 
विद्यार्थिहरुको दयनिय अवस्था हेर्दा नेपालको शैक्षिक अवस्थाको झलक वास्तवमा यहि थियो सरकारी निकायको यस्तो दुर्गम स्थानमा तलव खाएर विद्यार्थिको भविष्य माथि खेलवाड गर्ने शिक्षकलाई कार्वाहि नगर्दा यस्तो अवस्था आएको हुन सक्छ। जिल्ला शिक्षा कार्यालयबाट अनुगमन समेत नहुने गरेको पाईयो।
 
पुस-माघको महिनामा दिउसो १२ वजे घाम लाग्ने र ३ वजे घाम अस्ताउने स्थानमा रहेको विद्यालयको भौतिक अवस्था समेत नाजुक रहेको छ। १ र २ कक्षा लाई एउटै कोठामा राख्ने गरिएको रहेछ। साना साना केटा केटि त्यति चिसो स्थानमा रहेको विद्यालयका कोठाहरु समेत अध्यारो भएको र भुईमा वस्ने गरेको अवस्था सारै दयनिय रहेको छ। कक्षा कोठामा दिउसो समेत वत्ती वालेर वस्नु पर्ने कक्षाकोठामा विद्यार्थि अनुसार वस्नलाई वेन्च नहुदा चिसोमा प्लाष्टिक ओछाएर र खाली भुईमा वस्ने गरेको छन।
 
विद्यालय पुग्नका लागि दुई तर्फ रहेको खोला तरेर जानुपर्ने खोलामा पुल समेत नहुदा साना साना वालवालिकाहरु जोखिम मोलेर पढ्न जादा समेत पढाई हुदैन। प्रधानाध्यापक पवित्रा हमाल सुत्केरी विदामा वसेको र विदाको म्याद समाम्त भएको धेरै दिन हुँदा समेत विद्यालय नआएको र अन्य शिक्षकहरु पनि नआउने गरेको अध्ययन गर्न आएका वालवालिकाहरु वताउछन।
 
सरकारले वालवालिकाहरुको शिक्षामा पहुँच पुराउनु पर्छ, शिक्षा सवैको लागि भन्ने नारा यस विद्यालयमा उल्टो भएको छ। विद्यार्थिहरु आउछन तर शिक्षक आउदैन, विद्यार्थि दिनभर खेल्छन अनि घर फर्कन्छन। कक्षा पाचँमा पढ्ने विद्यार्थिले समेत राम्रो संग पढन समेत जान्दैनन। यस्तो शिक्षाले हाम्रो देखको भविष्य कसरी राम्रो हुन सक्छ होला। चिसो मौषम साना साना केटाकेटि खालि खुट्टा, च्यातिएको लुगा लगाएर थुरुरु काम्दै विद्यालय आउछन अध्ययन गर्नलाई तर शिक्षकको लापरवाहि उनीहरुको पढ्ने चाहना हराएरु जान्छ।
 
जनजाती वस्ति रहेको उक्त स्थानमा सदरमुकाम बाट जान दुई दिन लाग्दछ। विद्यालय स्थापना भएको २४ वर्ष पुरा भईसकोके छ तर जिल्ला शिक्षा कार्यालय दैलेखले यस्ता दुर्गम वस्तिमा रहेको विद्यालयको अनुगमन गर्न नसकेको हो या देखेर पनि नदेखेको जस्तो गरेको अनुभव हुन्छ। सदरमुकाम वरपर र गाडि पुग्ने स्थानमा मात्र देखावटि रुपमा विद्यालय अनुगमन गर्ने गरेको जिल्ला शिक्षा कार्यालय दैलेखले दुर्गम वस्तिका विद्यालयको भौतिक अवस्था, विद्यालयमा भईरहेको अध्ययन अध्यापन जस्ता विषयलाई समेत समयमा हेर्ने गरेमा शिक्षामा सरकारको लगानी र भविष्यका कर्णधारहरुको भविष्य सुन्दर हुने थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ