arrow

पाँच महिनाको अवधिमा ११ लाख राजश्व संकलन

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ पुष १ आइतबार
leger_mechine_bhansar.jpg

दार्चुला । छोटी भन्सार कार्यालय दार्चुलाले ५ महिनाको अवधिमा ११ लाख ३५ हजार ८ सय २४ रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७५-७६ मा छोटी भन्सार कार्यालय दार्चुलाले साउन देखि मंसिर सम्म उक्त राजस्व संकलन गरेको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख नर बहादुर बडालले बताए।

 छोटी भन्सार कार्यालय दार्चुलाले साउन महिनामा २ लाख १३ हजार ९ सय ४९ रुपैँया, भदौ महिनामा १ लाख ५७ हजार १ सय ५४ रुपैयाँ, असोज महिनामा ३ लाख ३० हजार ९ सय १२ रुपैँया राजस्व संकलन गरेको छ । यस्तै कार्तिक महिनामा ३ लाख ३ हजार २ सय ७९ रुपैँया र मंसिर महिनामा १ लाख ३० हजार ५ सय ३० रुपैँया राजस्व संङ्कलन भएको जनाइएको छ ।

मूख्य भन्सार कार्यालय झुलाघाँट अन्र्तगत रहेको दार्चुला छोटी भन्सार कार्यालयले विषेश गरी भारत बाट आयातित वस्तुहरुमा निर्माण सामाग्री, चिनी, मिश्री, जुत्ता चप्पल, लगायतका वस्तुहरु बाट बढी मात्रामा राजश्व संकलन गरेको हो । चालु आर्थिक वर्षको ५ महिनामा ११ लाख राजस्व संकलन गरीएको भए पनि गत विगतका वर्षहरु भन्दा कम संकलन भएको छोटी भन्सार प्रमुख बडालले बताए ।

यस्तै भारतले जिएसटी प्रणाली लागु गरेसंगै नेपालमा भन्सार संकलन हुने मूख्य आयातित वस्तुमा कमि आएको हो । साथै बढि राजस्व संकलन हुने बस्तुहरु सरीया, सिमेन्ट, छडी, फलामे झ्याल ढोका ,सटर लगायतका वस्तु अहिले नेपालको धनगढी बाट आउन थाले संगै राजस्वमा गिरावट आएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ