arrow

सम्पति तथा भूमि कर संकलनको घरदैलो अभियानको पहिलो दिनमै १ लाख बढि राजश्व संकलन

logo
कौरव खत्री,
प्रकाशित २०७५ पुष १ आइतबार
tax.jpg

गुल्मी । बाग्लुङ्गको गलकोट नगरपालिका वडा नं ७ मा आजबाट सम्पति तथा भुमि कर संकलनको घरदैलो अभियान सुरु गरिएको छ ।

सुशासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको पुर्व निति अनुरुप गलकोट नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यलाई जनताकै घरदैलोमा शुभारम्भ गरिएको गलकोट नगरपालिका  ७ का वडाअध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए ।

साथै कर बुझाउन करदाताले आफनो घर जग्गाको लालपुर्जा, नागरिकता र त्यसको प्रतिलिपी सहित यस अगाडी बुझाएको करको रसिद लिई आउन सकिने वडाअध्यक्ष थापाले जानकारी दिए ।

सामाजिक संस्था घुम्टे युवा परिवारको कार्यालय मल्म सप्ताहघाटमा कर संकलन कार्य सञ्चालन गरिएको छ । आफनो घर जग्गाको सरकारलाई बुझाउनु पर्ने कर अन्तर्गतको यस अभियानको पहिलो दिन वडा नं ७ मल्ममा स्थानीयको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

आज गलकोट नगरपालिका वडा नं ७ का १ सय २३ घरधुरीले सम्पति तथा भूमि कर तिरेका छन । सम्पति तथा भूमि कर घरदैलो सेवा बाट आज पहिलो दिन १ लाख ३० हजार ४ सय ७६ रुपैया राजश्व संकलन भएको वडा सचिव महेन्द्र पौडेलले जानकारी दिए ।

पौष ३ गतेसम्म सञ्चालन हुने यस घरदैलो सेवा सहभागी भई कर बुझाएमा ५ प्रतिशत छुट रहेको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

कर संकलन अभियानको जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापा र गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले संयुक्त रुपमा स्थानिय लक्ष्मी सार्की र नर बहादुर घर्तीलाई कर बुझाएको रसिद हस्तान्तरण गरि अभियानको शुभारम्भ गर्नुभएको थियो ।

बिहान १० बजेदेखि कर बुझाउन सकिने वडा कार्यालयले जनाएको छ । सम्पति तथा भूमि कर संकलन अभियान पौष ३ गते सम्म सञ्चालन हुनेछ । आज पहिलो दिन कर बुझाउन छुटेकाहरुले भोलि र पर्सी समेत यो सेवा लिन सक्ने गलकोट नगरपालिकाको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ