arrow

गोल मेसिन मेस्सीको ला लिगामा ३१ औं ह्याट्रिक

logo
प्रकाशित २०७५ पुष २ सोमबार
messi28.jpg

काठमाडौं । अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सीले आफू अझै पनि गोल मेसिन नै भएको प्रमाणित गरेका छन् । मेस्सीले १७ मिनेटभित्र तीन गोल गर्दै ह्याट्रिक पूरा गरेर स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनालाई लिगको शीर्ष स्थानमा पुर्याएका छन् । कप्तान मेस्सीको टिमले लेभान्तेलाई ५–० ले हराएको हो । 

Lionel Messi worked his usual magic, dribbling between multiple defenders en route to scoring three goals in the match

आइतबार राति लेभान्तेको मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको लेभान्तेमाथि जित पाउन लुइस स्वारेज र जेरार्ड पिकेले समान १ गोल गरे । ला लिगामा मेस्सीको यो ३१ औं ह्याट्रिक हो ।

Lionel Messi celebrates with his Barcelona team-mates after extending their lead over Levante in the La Liga match

बार्सिलोनाले खेलको ३५औं मिनेटमा लुइस स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ४३ औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अग्रता बनाउन सफल भयो । 

Barcelona's star duo Luis Suarez and Lionel Messi did what they do best against Levante in their league match, score goals

दोस्रो हाफको ४७औं मिनेटमा मेस्सीले व्यतिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को स्थितिमा ल्याए । ६०औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दा बार्सिलोना खेलमा ४–० को बलियो पकड बनायो ।

Croatian player Ivan Rakitic of Barcelona takes a shot while a Levante defender looks on at the Ciutat de Valencia stadium

७६औं मिनेटमा लेभान्तेका इरिक काबाकाले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटियो । ८८औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाए ।

Lionel Messi celebrates scoring his second goal of the match, and Barcelona's third, against Levante in the La Liga match

जितपछि बार्सिलोनाले दोस्रो स्थानको सेभिया र एथ्लेटिको मड्रिडसँग स्पष्ट ३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको १६ खेलबाट ३४ अंक पुगेको छ ।

सेभिया र एथ्लेटिकोको समान खेलबाटै ३१ अंक रहँदा रियाल मड्रिड २९ अंक जोडेर चौथो स्थानमा झरेको छ । 

आइतबार रातिका अन्य खेलको नतिजा 

सेभिया २–० जिरोना (इभर बनेगा र पाब्लो सारावियाको गोल)
स्पानियोल (सर्जियो गार्सिया) १–३ रियाल बेटिस (सेल्सो, टेलो, डुआर्टे –आत्मघाती)
हुएस्का (हर्नान्डेज, लोङ्गो) २–२ भिल्लारियल (बाका, मोरेनो)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ