arrow

रेस्टुराँमा विस्फोट, ४२ जना घाइते

logo
प्रकाशित २०७५ पुष २ सोमबार
japan-explosion.jpg

काठमाडौं । उत्तरी जापानको साप्पोरो सहरमा रहेको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् ।  घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

विस्फोटका कारण रेष्टुराँ पूर्णरुपमा ध्वस्त भएको छ । विस्फोटलगत्तै कतिपय मानिस झ्यालका सिसा फोडेर भाग्ने क्रममा घाइते भएका हुन् ।

Site of explosion in Sapporo

विस्फोटबारे अनुसन्धान थालिएको छ । विस्फोटपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । 

एक प्रत्यक्षदर्शीलाई उधृत गर्दै द जापान टाइम्स लेख्छ –विष्फोटको आवाज मेघ गर्जन जस्तै थियो । 

जापानी राष्ट्रिय समाचार संस्था एनएचकेका अनुसार विष्फोट भएको क्षेत्र आवास क्षेत्र नजिक पर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ