arrow

गोदरेजको मेडिकल रेफ्रिजेरेटरमा धेरैको आँखा

logo
प्रकाशित २०७५ पुष २ सोमबार
godrej_medical_refrijeretor.jpg

काठमाडौं । भारतको सुप्रसिद्ध गोदरेज कम्पनी भारतसँगै नेपालमा समेत ख्याती कमाएको कम्पनी हो । नेपालमा पहिलो पटक काठमाडौंको भृकुटी मण्डपमा आयोजित नेपाल मेडिकल शो २०१८ को प्रदर्शनीमा सहभागी भयो । ३ दिनसम्म चलेको सो मेलामा कम्पनीका सामानमा धेरै मानिसले अवलोकन गरेर सकारात्मक प्रतिक्रिया समेत दिएको नेपालका लागि आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । 

बेलायती कम्पनीको उत्पादनलाई भारतबाट समेत उत्पादन गरिरहेको गोदरेजका उत्पादनहरु नेपालमा सिजी इलेक्ट्रोनिक्सद्वारा विक्री वितरण भईरहेको छ । सो ब्राण्ड नेपालमा पनि धेरैले रुचाएको ब्राण्ड हो । भिन्न विशेषता र उच्च क्षमताका कारण केही वर्षमा नै नेपालको समेत १० प्रतिशत बजार हिस्सा यही कम्पनीले ओगटेकोे कम्पनीको दाबी छ । 

गोदरेज कम्पनी भारतमा ५ हजार करोड लगानीमा सञ्चालित कम्पनी हो । भारतको पुने शहरमा उत्पादन हुने यो कम्पनी एउटा नयाँ प्रविधि र भिन्न खालको अन्वेषण गर्ने कम्पनी हो । यो रेफ्रीजेरेटर केही नवीन अन्वेषणमा आधारित प्रविधि हो । गोदरेज एप्लाईन्सेसका सिनियर म्यानेजर प्रतीक अग्रवालले गोदरेजले रेफ्रिजेरेटर बेलायतको स्योर्चन कम्पनीले अन्वेषण गरेको प्रविधिलाई अवलम्बन गरेको बताए । 

सो कम्पनीले बनाएको कुलिङ लोडसेडिङ र बढी विद्युत खपत हुने जस्ता समस्याबाट मुक्त रहेको अग्रवाल बताउँछन् । अर्थात् यसमा राखेका सामानहरु एक सातासम्म पनि जस्ताको त्यस्तै रहन्छ र यसमा दैनिक विद्युत खपत पनि कम हुने गर्दछ ।  

अग्रवाल भन्छन् अरु रेफ्रिजेरेटरको समस्या भनेको नै बत्ति गएपछि ज्यादा भन्दा ज्यादा २ वा ३ घण्टाभन्दा बढी सामान चिस्याउन सक्दैन । यही समस्यालाई समाधान र धेरै लोडसेडिङ हुने स्थानहरुको लागि केन्द्रीत भएर यो रेफ्रिजेरेटरको अन्वेषण गरिएको हो । उनका अनुसार यो रेफ्रिजेरेटर सोही कम्पनीका टेक्नोलोजी अफिसर समेत रहेका बैज्ञानिक ईएन टेन्सको अन्वेषण हो ।  

उनले एउटा यस्तो रेफ्रिजेरेटरको आविस्कार गरे जसमा लामो समयसम्म ठण्डा गराई राख्ने प्रविधि जोडिएको छ । त्यो लामो समयसम्म बरफ जस्तै रहन्छ । 

यही प्रविधिको आधारमा कम्पनीले स्योर्चन रेफ्रिजिरेटर बनाए । जुन खाना, औषधिहरु जस्ता खानयोग्य सामानलाई चिस्याउन प्रयोग गर्न सकिन्छ । त्यस्तै, यसरी आफ्ना औषधि लगायत खान योग्य बस्तुहरुका लागि एउटा रेफ्रिजिरेटर र ब्लड बैंकको लागि त्यहाँ चाहिँ रगत मात्रै स्टोरेज गर्न अर्काे रेफ्रिजेरेटर कम्पनीले उत्पादन गर्दै आएको छ । 

वेलायतमा यो कम्पनी २००८ देखि सुरु भएको हो । २०१३ मा यो कम्पनी भारतमा पनि आयो र भारत सरकारले उसलाई गोदरेजको नामबाट उद्योग सञ्चालनको अनुमति दियो । 

गोदरेज कम्पनीले अहिले सार्क मुलुकहरुमा उत्पादन, विक्री वितरण र निर्यात गर्ने अधिकार पाएको छ । तर, सार्क मुलुकमा भारत पछि हामीले सबैभन्दा पहिले यसको निर्यात तथा विक्री वितरण नेपालबाट नै सुरु गरेका हौं । 

जब २०७२ सालमा नेपालमा भूकम्प गयो त्यतिबेला यहाँका अन्य रेफ्रिजिरेटरहरु लोडसेडिङका कारण धेरै समय नचल्ने भयो । फेरि सोही समयमा धेरै उपकरणहरु नष्ट पनि भए । युनिसेफले आकस्मिक रुपमा उपकरणहरु वितरण गर्ने तयारी गरेको थियो । सो समयमा युनिसेफका प्रतिनिधिहरु गोदरेजमा आएका थिए सामान खरिदको लागि । 

त्यतिबेला पनि गोदरेजले नेपालमा एकैपटक ९६ थान रेफ्रिजेरेटर निर्यात गरेको थियो । गोदरेजले अहिले दुई किसिमको रेफ्रिजेरेटरहरु उत्पादन गर्दै आएको छ । एउटा एसी पावरमा काम गर्ने र अर्को सोलार पावरमा पनि काम गर्ने खालको छ । 

के के छन् विशेषता ? 
पहिलो त यो एक पटक चिस्याए पछि ७ दिनसम्म सामान चीसो नै रहन्ट । यो रेप्र्रिmजेरेटरमा ७ दिनसम्म २ देखि ८ डिग्रीसम्म तापक्रम सन्तुलित गराउन सक्छ । सामान्य रेफ्रिजेरेटरमा यो सुविधा दुई तीन घण्टाको लागि मात्रै हुन्छ भने यो सात दिनसम्मको लागि हुन्छ । 

दोस्रो कुरा यसको विद्युतको खपत पनि एकदमै कम हुन्छ । सामान्य रेफ्रिजिरेटरमा दिनको ४ देखि ५ युनिटसम्म विद्युत खपत हुन्छ भने यसमा जम्मा एक युनिट प्रतिदिन मात्रै विद्युत खपत हुन्छ । सोलार पावरबाट चलाउन चाहनेहरुको लागि सोलार पावरबाट समेत चल्दछ । 

तेस्रो त यो ब्लड बैंकको लागि र सामान्य प्रयोगको लागि भिन्दा भिन्दै फिचर सहितको रेफ्रिजिरेटर भएकोले पनि यो सामान्य रेफ्रिजेरेटर भन्दा विशेष रहेको कम्पनीको दाबी छ। कम्पनीले नेपालमा अहिले कूल रेफ्रिजिरेटर बजारको १० प्रतिशत बजार हिस्सा ओगटेको दाबी गर्छ । कम्पनीको भारतमा झण्डै ३० देखि ३५ प्रतिशत बजार हिस्सा गोदरेज कम्पनीको छ । 

कम्पनीले तीनदिनसम्म काठमाडौंमा चलेको प्रदर्शनीमा अवलोकन गरेर रेफ्रिजेरेटर खरीद गर्न आउने अवलोकनकर्ताहरुले केही छुट सुविधा पाउने पनि अग्रवालले जानकारी दिए । गोदरेजको नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स हो । चौधरी ग्रुपले नै डिस्काउन्टको योजना बनाएर ग्राहकहरुलाई केही प्रतिशत डिस्काउन्ट दिने बताईएको छ । यो कम्पनीले न्यूनतम ५० लिटरदेखि अधिकतम २२५ लिटरसम्म अट्ने रेफ्रिजिरेटर बनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ