arrow

दक्षिण चीन सागरमा तीव्र गतिमा प्रभुत्व विस्तार गर्दै चीन

logo
ब्रह्म चेल्लानी,
प्रकाशित २०७५ पुष २ सोमबार
south_china_sea1.jpg

काठमाडाै‌ं । चीनले दक्षिण चीन सागरमा आफ्नो दाबी गर्न थालेको पाँच वर्ष पूरा भएको छ । यो पाँच वर्षमा सो क्षेत्रमा चीनले आफ्नो प्रभाव पनि बलियो बनाइसकेको छ । यस्तोमा उसलाई कुनै अन्तर्राष्ट्रिय बाधा तथा अवरोधले रोक्न भने सकेको छैन । 

चीनको दक्षिण चीन सागरमा टापु बनाउने कामले समुद्रिक क्षेत्रबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गरेको छ । सन् २०१३ को डिसेम्बर महिनामा चिनियाँ सरकारले निकै टियाजिङ ड्रेगर दक्षिणी क्षेत्रमा आफ्नो प्रभाव विस्तारको सुरुवात गरेको थियो । यो चिनियाँ क्षेत्रभन्दा निकै टाढा रहेको क्षेत्र हो । 

यो क्षेत्र पारासेल टापुको दक्षिणमा पर्छ, जुन टापुलाई चीनले सन् १९७४ मा कब्जामा लिएको थियो । दक्षिणी भियतनामबाट अमेरिकी सेना हिँडेको केही समयमा नै यो क्षेत्र चीनको कब्जामा आएको थियो । सन् १९९८ मा यो क्षेत्रमा चिनियाँ आक्रमण भयो, जसमा ७२ भियतनामी मारिए भने उनीहरुले दुई जहाज पनि डुबाइएको थियो । 

चीन आफ्नो प्रभुत्व विस्तार गर्दै आफ्नो सामुद्रिक क्षमता विस्तार गर्ने दिशामा अघि बढिरहेको छ । उसले ४५३० क्युबिट मिटर प्रतिघण्टाको दरमा टापु निर्माण गरिरहेको छ । उसले यो काम निकै छिटै पूरा गरेको छ । अहिलेसम्म ११ हेक्टरको नयाँ जमिन निर्माण भइरहेको छ, त्यो पनि चार महिनाभन्दा कम समयमा । 

त्यसयता चीनले दक्षिण चीन सागरमा छ ओटा टापु निर्माण गरिसकेको छ । साथै उसले यो क्षेत्रमा आफ्नो सैन्य उपस्थिति पनि बलियो बनाइरहेको छ । यो क्षेत्रबाट विश्वका एक तिहाइ जहाजहरु चल्ने गर्छन् । चीनले बन्दरगाह निर्माण, सैन्य भवन, र्‍याडर तथा सेन्सर स्थापना, मिसाइलबाट बच्ने प्रविधिलगायतका महत्वपूर्ण कुराहरुको विस्तार गरिसकेको छ । चीनको यस किसिमको कार्यले यो क्षेत्रमा चीनको प्रभाव अत्यधिक मात्रामा बढेको छ र छिमेकी मुलुकहरु आफ्नो प्राकृतिक स्रोत तथा साधनको प्रयोग रोक्नका लागि बाध्य भएका छन्, जुन उनीहरुको लागि निकै महत्वपूर्ण आर्थिक क्षेत्र मानिन्छ ।

चीनले बारम्बार दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दै आइरहेको छ । साथै यसमा महत्वपूर्ण सफलता पनि पाएको छ । यद्यपि सन् २०१६ मा अन्तर्राष्ट्रिय नियामकहरुले चीनको दाबीको खण्डन गरेको थियो । चीनको दाबीमा अन्तर्राष्ट्रिय समुदायले साथ नदिएको भए पनि चीनले भने आफ्नो प्रयास भने रोकेको छैन । चीनले यो क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहँदा अमेरिकाको प्रतिक्रिया खोजीरहेको छ । 

सबैभन्दा पहिला सन् २०१२  चीनले विवादित क्षेत्रमा विना कुनै चेतावनी फिलिपिन्सको जहाज समातेको थियो । त्यतिबेला नै चीनले उक्त सागरको योजनाको विषयमा आफ्नो योजना सार्वजनिक गरेको थियो । उक्त योजनाहरुको विषयमा कुनै अन्तर्राष्ट्रिय समुदायको ध्यान पुग्न सकेन र पछि चीनलाई त्यसलाई आफ्नो वेबसाइटबाट हटाएको थियो । 

सन् २०१३ को सेप्टेम्बर महिनामा चीनले दक्षिण चीन सागरमा आफ्नो दोस्रो परीक्षण गरेको थियो । जसअन्तर्गत उसले टियाजिङ ड्रेगरलाई अर्को क्षेत्रमा पठाएको थियो र त्यहाँ कुनै दाबी विना नै तीन सातासम्म राखेको थियो । व्यावासायिक रुपमा उपलब्ध स्याटेलाइटको फोटोहरुले अर्को क्षेत्रमा चिनियाँ जहाज पुगेको देखिएको थियो । पुनः अमेरिकाले यस विषयमा खासै ध्यान दिएनन्, जतिबेला चीनले पहिलो टापु निर्माणको योजना अघि सारेको थियो । 

त्यसको केही समयपछि चीनले लगातार सैन्य टापु निर्माण गर्न थाल्यो । यससँगै उसको गतिविधिहरु सो क्षेत्रमा बिस्तारै बढ्दो क्रममा रहेको छ । जबकी उसको आँखा अमेरिकाको प्रतिक्रियामा पनि रहेको छ । चीनले ओबामाको कार्यकालको अन्तिम २ वर्षको अवधिमा भने यो क्षेत्रमा आफ्नो प्रभाव उल्लेख्य विस्तार गरेको थियो । 

चीनको यो कदमले सामुद्रिक क्षेत्रको गतिविधिमा पनि गम्भीर असर पारेको छ । चीनले यो क्षेत्रमा आफ्नो टापु निर्माणको क्रममा जलजन्तुहरुको विनाश भएको छ । त्यसका साथै सामुद्रमा मोती उत्खननको कार्यसमेत प्रभावित बन्न पुगेको छ । यसतिमात्र पनि होइन एसियाको प्रमुख माछा व्यवसाय पनि चीनको उक्त कार्यले धरापमा परेको छ । त्यसका साथ यहाँ प्रयोग हुने गरेको रसायनहरुले पारिस्थितिक प्रणालीमा नै गडबढी देखिनसक्छ । 

अमेरिकाको ओबामा सरकारका रक्षामन्त्री आश कार्टरले ओबामाको चीन नीतिको विरोध गरेका छन् । उनले आफ्नो एक लेखको माध्यमबाट आफ्नै विश्लेषणबाट ओबामाले गलत बाटो अपनाएको बताएका थिए । यद्यपि ओबामाले जी२ को अवधारणा अघि सार्दै चीनसँगको सम्बन्ध सुधारको प्रयास गरेकोमा उनले आलोचना गरेका छन् । 

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वतन्त्र र खुला इन्डो प्यासिफको योजनामा अघि बढिरहेका छन् । जुन ओबामाकै नीतिको हिस्सा हो । यद्यपि चीनले अहिले दक्षिण चीन सागरमा बढाइएको प्रभावले  भने उसलाई हिन्द महासागर तथा पश्चिमी प्रशान्तमा पहुँच बढाउनका लागि सहयोग पुगेको छ । यस्तोमा अमेरिकाको नीति सफल हुनेमा आशंका छ । 

सन्तुलित रहेको विश्वको संरचना चीनको दक्षिण चीन सागरको योजनाले समस्यामा पर्नसक्ने देखिएको छ  । यसले भू–राजनैतिक र वातावरणीय समस्या बढाएको छ । जुन उक्त क्षेत्रका मुलुकहरुका लागि महँगो पर्न गएको छ । साथै अन्तर्राष्ट्रिय समुद्रिक सम्बन्धले पनि नयाँ मोड लिँदै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ