arrow

पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर काठमाडौँ जाँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
178144038.jpeg
धुन्चे (रसुवा)। चीनको केरुङबाट पेट्रोलियम पदार्थ बोकी आएका ट्याङ्करहरु आज बिहान ९:३० बजे धुन्चेबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् ।
 
जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार १२ वटा ते बोकेका ट्याङ्कर काठमाडौँका लागि प्रस्थान गरेको र चारवटा ट्याङ्कर तेल भर्नका लागि रसुवागढी नाकाबाट केरुङ गइसकेका छन् ।
 
पहिलो चरणमा धुन्चेबाट १२ वटा ट्याङ्करमा एक लाख ११ हजार ५०० लिटर पेट्रोलियम पदार्थ काठमाडौँ गएको बताइएको छ ।
 
ती सबै ट्याङ्कर आज साँझ ५ बजेभित्र राजधानीको थानकोटस्थित केन्द्रीय भण्डारणमा पुर्‍याइने एक नम्बर ट्याङ्करका चालक विवेक लामाले जानकारी दिनुभयो ।
 
केरुङबाट तेल भरी धुन्चे आइपुगेका १२ वटा ट्याङ्करका चालकलाई धुन्चेमा रसुवाका सञ्चारकर्मीले खादा लगाई भव्य स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ