arrow

पूँजीबजार सुधारको माग राख्दै आमरण अनशनका कार्यक्रम सार्वजनिक

logo
प्रकाशित २०७५ पुष २ सोमबार
Nepal-Stock-exchange.jpg.jpeg

काठमाडौँ । पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनशन सुरु गरेको जानकारी दिए। दबाव समूहले विगत आठ दिनदेखि रिले अनशन गर्दै आएका छन् । उनीहरूले पूँजीबजार सुधारको मागमा सरकार र सरकारी निकायले ध्यान नदिएको गुनासो गरे ।

दबाव समूहका संयोजक ढकालले पूँजीबजारको सुधार गरी लगानीकर्ताको लगानी संरक्षण गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने आफुहरूको माग रहेको बताए । उनले सरकारले गठन गरेको कार्यदलले आफूहरूको मागको सुनुवाइ नगरेको समेत गुनासो गरे ।

लगानीकर्ताले पूँजीबजारको वृहत्तर हितका लागि अत्यावश्यक ऐन, नियम र कानूनसमेत समयमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गरेको कार्यदलले अर्थमन्त्री डा युवराज खतिवडालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ