arrow

साना मुलुकलाई अमेरिकाको प्राथमिकता 

logo
चिरञ्जीवी आचार्य,
प्रकाशित २०७५ पुष २ सोमबार
trump9.jpg

काठमाडौं । साना मुलुकहरुमा अमेरिकाको ध्यान खासै जाँदैन । विश्वका प्रमुख शक्ति राष्ट्रहरुको टकरावको बीचमा अमेरिकाले ठूला मुलुकहरुलाई महत्व दिनु पनि स्वाभाविक हो । 

यस्तोमा पछिल्लो समय भने अमेरिका आफ्नो ध्यान विश्वका केही साना मुलुकहरुमा बढाउने प्रयासमा रहेको छ । यस्तोमा अमेरिकाले नेपालको मामिलामा पनि आफ्नो चासो बढाएको छ । 

नेपाल अमेरिकी अधिकारीहरुको बीचमा मंगलबार वार्ता हुने कार्यतालिका रहेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग मंगलबार भेट भएपछि द्विपक्षीय परामर्शका विषयहरुमा भने बुधबार वार्ता हुनेछ । 

दक्षिण एसियाली मुलुकमा अमेरिकाको चासो 

नेपाल र अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुको बीचमा वार्ता हुनु कुनै नौलो कुरा होइन । यद्यपि यसले ठूलो अर्थ राखेको छ । अमेरिकाको तर्फबाट वार्ताको लागि प्रस्ताव आउनुले पनि अमेरिका नेपालको मामिलालाई नजिकबाट नियालिरहेको बुझ्न सकिन्छ । 

त्यसो त अमेरिकाले दक्षिण एसियाका नोपाललाई मात्र चासो दिएको भने होइन । केही समयअघि विदेशमन्त्रालयका अधिकारीहरुले श्रीलंका र माल्दिभ्सको भ्रमण गरेका थिए । यसका साथै पाकिस्तान र भारतमा पनि वरिष्ठ अमेरिकी अधिकारीहरुको भ्रमण भइरहेको छ । यसले दक्षिण एसियामा अमेरिकाको चासो बढ्दो क्रममा रहेको स्पष्ट देखिन्छ । 

माल्दिभ्स र श्रीलंकामा हालसालै देखिएको राजनीतिक परिवर्तनमा अमेरिकाको पनि चासो रहेको थियो । जसमा उसले अस्थायीरुपमा भए पनि केही सफलता हासिल गरेको छ । जसले पनि अमेरिकालाई साना मुलुकहरुमा आफ्नो बढाउन प्रेरित गरेको हो । 

किन बढ्दैछ अमेरिकी चासो ? 

अमेरिकाको चासो दक्षिण एसियामा बढ्नुको महत्वपूर्ण कारण चीन हो । चीनले पछिल्लो समय व्यापक मात्रामा दक्षिण एसियामा लगानी विस्तारको माध्यमबाट प्रभाव बढाइरहेको अवस्थामा उसलाई रोक्न अमेरिकाले तत्परता देखाएको हो । दक्षिण एसियाका मुलुकहरुमा चीनले पछिल्लो केह समययता उल्लेख्य मात्रामा ऋण लगानी गरेको छ । 

यसै क्रममा अमेरिकाले चीनको ऋणको मारबाट बच्नका लागि पनि आफ्ना सहयोगी मुलुकहरुलाई सचेत गराएको छ । विशेषगरी उक्त मुलुकहरुमा अमेरिकाले ध्यान दिन नसकेको कारण चीनले आफ्नो चाल चल्ने मौका पाएको अमेरिकाको बुझाइ छ । 

त्यसका साथै चीनको महत्वाकांक्षी योजना बीआरआईको माध्यमबाट पनि चीनले उल्लेख्य मात्रामा प्रभाव विस्तार गरिरहेको छ । चीनले यो महत्वाकांक्षी योजना पूरा गरेको खण्डमा उसको प्रभाव दक्षिण एसियाका मुलुकहरुमा मात्र नभई युरोपसम्म पनि फैलिने छ । यसलाई रोक्नका लागि अमेरिका साना मुलुकहरुलाई आफ्नो पक्षमा पार्ने दाउमा देखिन्छ । 

अमेरिका, भारत र जापानको बीचमा भएको पूर्वाधार सम्झौता ‘जेएई’ सम्झौतालाई सफल पार्दै चीनको प्रभाव कम गर्नका लागि पनि अमेरिकाले साना मुलुकहरुमा निगरानी बढाउनु आवश्यक देखिएको हो । 

साना मुलुकमाथि प्रभाव विस्तारको योजना 

यसअघि अमेरिकाले साना मुलुकहरुको लागि भने छिमेकी ठूलो मुलुकको आँखाले हेर्ने गरेको थियो । अहिले भने यस किसिमको नीतिले काम गर्ने सम्भावना कमजोर बन्दै गएसँगै साना मुलुकहरुमा प्रत्यक्षरुपमा सम्बन्ध बढाउने पक्षमा अमेरिका देखिएको हो । साना मुलुकहरुको सहयोग विना दक्षिण एसियामा आफ्नो प्रभाव कायम राख्न नसकिने सत्यलाई अमेरिकाले राम्रोसँग बुझेको छ । जसका लागि उसले नियमित सम्पर्कमा रहने निर्णय गरेको हो । 

चीनलाई रोक्न अमेरिकाले दक्षिण एसिया मात्र नभई अन्य एसियन मुलुकहरुमा पनि आफ्नो प्रभाव बढाउने नीति अघि सारेको छ । जसमा उत्तर कोरियासँग सम्बन्ध सुधार्नेदेखि लिएर ताइवान, भियतनामलगायतका मुलुकहरुसँग सम्बन्ध बढाउने योजनाहरु रहेका छन् । 

बढ्दो चिनियाँ प्रभाव 

दक्षिण एसियामा बढ्दो क्रममा रहेको चिनियाँ प्रभाव रोक्नु अमेरिकाको लागि एक महत्वपूर्ण चुनौती हो । चीनको बीआरआईको योजनामा दक्षिण एसियाका सबै साना मुलुकहरुले हस्ताक्षर गरिसकेको छन् भने हस्ताक्षर नगर्नेमा भारत र भुटान मात्र रहेका छन् । चीनलाई अब अघि बढ्नबाट रोक्न पनि अमेरिकालाई साना मुलुकहरुसँग सम्बन्ध बढाउनुपर्ने आवश्यकता खड्किएको हो । 

अमेरिकालाई चीनदेखि अर्को डरको विषयमा इण्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्नसक्ने प्रभाव रहेको छ । चीन दक्षिण चीन सागरमा आफ्नो प्रभाव व्यापक मात्रामा विस्तार गरिरहेको कारण पनि अमेरिका चीनप्रति सशंकित देखिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ