arrow

नरेन्द्र मोदीले गम्भीरलाई पत्र लेख्दै भने – विश्वविजेता बनाएकोमा धन्यवाद

logo
प्रकाशित २०७५ पुष २ सोमबार
modhi-gambir.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई विश्वविजेता बनाएकोमा गौतम गम्भीरलाई धन्यवाद दिएका छन् । मोदीले गम्भीरलाई पत्र लेख्दै यस्तो उल्लेख गरेका हुन् । गम्भीरले केही दिनअघि मात्र सबै फरम्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

गम्भीरले आफ्नो अन्तिम खेल रणजी ट्रफीको खेलमा आन्ध्र प्रदेशविरुद्ध खेलेका थिए । अन्तिम खेलमा उनले शानदार शतक प्रहार गरेका थिए । मोदीले सन् २००७ को टी–२० विश्वकप र २०११ को वान डे विश्वकप जिताउन ठुलो सहयोग गरेको भन्दै गम्भीरको प्रशंसा गरेका हुन् ।

गम्भीरले पनि सामाजिक सञ्जाल ट्वीटरमा मोदीको पत्रको प्रतिक्रिया दिँदै आभार व्यक्त गरेका छन् । मोदीले आगामी जीवनको विषयमा पनि शुभकामना दिएका थिए । गम्भीरले यो पत्र सेयर गर्दै आफ्नो उपलब्धि देशका मानिसहरुको प्रेम र समर्थनको कारण हासिल भएको भन्दै सबै आफ्नो देशका लागि समर्पित गरेको बताए ।

प्रधानमन्त्री मोदीले आफ्नो पत्रमा गम्भीरको योगदानको लागि भारत सदैव आभारी रहेको बताएका थिए । गम्भीरले २००७ को टी–२० विश्वकप तथा २०११ को वान डे विश्वकपमा निकै महत्वपूर्ण पाली खेलेका थिए ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ