arrow

महिला क्रिकेट टोलीको प्रशिक्षकमा विनोद दास

logo
प्रकाशित २०७५ पुष २ सोमबार
binod-das.jpg

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्वराष्ट्रिय टोलीका कप्तान विनोद दासले पाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)की नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आइसिसीले पत्र पठाई दासलाई सो टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो । दासकै प्रशिक्षणमा नेपाली टोलीले थाइल्याण्डमा हुने टी–२० प्रतियोगिता र महिला विश्वकपको एशिया छनोट खेल्नेछ ।

अगामी पुस २८ देखि माघ ४ गतेसम्म थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता र आगामी आगामी फागुन ६ देखि १५ गतेसम्म हुने महिला विश्वकपको एशिया छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबारदेखि बन्द प्रशिक्षण गर्ने भएको छ । महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट खेलको खेलतालिका सार्वजनिक गरेसँगै नेपालले बन्द प्रशिक्षण शुरु गर्न लागेको प्रशिक्षक दासले जानकारी दिए।

प्रशिक्षणमा ५० बढी खेलाडीलाई समावेश गरी अन्तिम टोली छनोट गनिनेछ । नेपालले थाइल्याण्डमा टी–२० प्रतियोगिता खेल्नेछ । बन्द प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपालले २०२० मा हुने महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट प्रतियोगिता खेल्नेछ । छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब ईमिरेटस् (युएई), मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ