arrow

एनएमबी बैंकले ल्यायो लघु तथा विपन्न वर्गका लागि बिनाधितो ऋण योजना

logo
प्रकाशित २०७५ पुष २ सोमबार
NMB_Bank.jpg

काठमाडौं । एनएमबी बैंकले विभिन्न ७ शीर्षकमा विनाधितो ऋण दिनेगरी नयाँ योजना ल्याएको छ । लघु तथा विपन्न वर्गका लागि ३ लाखदेखि १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको हो । सोमबार बैंकले राजधानीमा आयोजित एक कार्यक्रममा सो योजना सार्वजनिक गरेको हो । ८ प्रकारका लघुकर्जाको आयोजना घोषणा गर्दै एउटा योजना धितो राखेर र बाँकी ७ योजना विनाधितो ऋण दिएर सञ्चालन गरिने बैंकले जनाएको छ ।  

सरकारले 'सहुलियतपूर्ण ऋणका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ जारी गरिसकेको अवस्थामा बैंकले सो कार्यविधिलाई सहयोग हुनेगरी योजना ल्याएको जनाएको हो । सो योजनामा बैंकले एक हजार रुपैयाँ बचत गरी खोलिने सरल बचत खाता योजना ल्याएको छ । 

बैंकले शिक्षित युवा स्वरोजगारका लागि ७ लाख रुपैयाँसम्म ऋण दिने बताएको छ । यस बाहेक दलित समुदायको व्यवसाय विकासका लागि १० लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट फर्किएका युवा परियोजनामा १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको लागि ५ लाख रुपैयाँसम्म र भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँसम्म र महिला उद्यमशिलताका लागि १५ लाख रुपैयाँसम्म उपलब्ध गराइने पत्रकार सम्मेलनको क्रममा बैंकले जनाएको छ ।  

७ प्रतिशत व्याजसहित वचतकर्ताले १० लाख रुपैयाँसम्म बीमाको सुविधा समेत पाउने बैंकले जनाएको छ । विपन्न वर्गका जनतालाई सहुलीयतपूर्ण कर्जा दिने सरकारी नीतिलाई समर्थन गर्दै बैंकले सात प्रकारका कर्जाहरुमा बिनाधितो ऋण प्रदान गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । 

बैंकले कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी “अग्रणी महिला कृषि कर्जा” योजना पनि संचालनमा ल्याएको छ । जस अन्तर्गत महिला कृषकहरुले उत्पादन लागतमा आधारित रही १५ लाख रुपैयाँ सम्मको कर्जा पाउनेछन् । यस्तो कर्जा लिन धितो आवश्यक हुने बतार्इएको छ। बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरेले यस्तो कर्जामा कुनै पनि प्रकारका सेवा शुल्क समेत नलाग्ने जानकारी पनि दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ