arrow

माल्दिभ्सलाई भारतको एक अर्ब ४० कराेड डलर सहयाेग 

logo
एएफपी
प्रकाशित २०७५ पुष २ सोमबार
modi-soliha.jpg

काठमाडाै‌ं । भारतको निकट मानिने माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको वार्तापछि भारतले माल्दिभ्सलाई एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग दिने भएको सोमबार माल्दिभ्सका अधिकारीहरूले जनाएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि माल्दिभ्सका राष्ट्रपति सोलिहले सञ्चारकर्मीहरूसँग भने, “निकट छिमेकीका नाताले दुई देशका जनताबीच मित्रवत सम्बन्ध र सांस्कृतिक समानता रहेको छ ।” 

उनले भने, “घनिष्ट छिमेकीका हिसाबले दुई देशबीचको व्यापार व्यवसायलाई प्रवर्धन सम्भव भएको छ । भारत माल्दिभ्सको एक निकट मित्रमात्रै नभएर एउटा विशाल व्यापारिक सहयोगी हो ।” 

भेटवार्तामा दुई देशका अधिकारीबीच सामुद्रिक गस्ती, हवाई निरीक्षण र सूचनाको आदानप्रदानमार्फत दुबै देशको सुरक्षालाई मजबुत पार्ने सहमति भएको बताइएको छ । 

भारतले मालदिभ्सको विकासका लागि गरेको एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग बजेट, मुद्राको विनिमय व्यवस्थापन र ऋण गरी विभिन्न शीर्षकमा प्रदान गरिने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए । 

दुई देशबीचको गहिरो सम्बन्ध विस्तारका लागि छलफल सफलसिद्ध भएको मोदीको भनाई थियो । 

भारतीय प्रधानमन्त्री मोदीले भने, “हामीले मालदिभ्ससँग बृहद् व्यापार सम्बन्ध चाहन्छौँ । भारतीय कम्पनीहरूका लागि माल्दिभ्समा प्रशस्त अवसरहरू रहेका छन् । यो दुबै मुलुकका लागि फाइदाको बिषय हो ।” 

उनले भने, “हाम्रो सुरक्षा चासोहरू अन्तरनिहित छन् । हामीले हाम्रा जन्मभूमिमा एक आपसमा हानिकारक हुने गतिविधिलाई प्रवेश दिने छैनौँ ।” 

निर्वाचनपूर्व खासै चर्चामा नआएका चौवन्न बर्षीय सोलिहले पूर्व राष्ट्रपति अब्दुल्लाह यमीनसँगको प्रतिस्पर्धामा अनपेक्षित रूपमा राष्ट्रपति निर्वाचित भएका थिए । यमीनलाई चीनको निकटस्थ मानिन्थ्यो भने सोलिहलाई भारत तथा पश्चिमा मुलुकहरूको सहयोग रहेको बताइने गर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ