arrow

मेलम्ची आयोजना अलपत्र, ठेकेदार कम्पनीले छाड्यो, आठ भगुवाहरु पक्राउ

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
melamchi--water-supply.png

काठमाडौं । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४७ सालमै मेलम्चीको पानीले काठमाडौंका सडक पखालिदिने घोषणा गरेको २८ सम्म पनि काठमाडौंवासीले मेलम्चीको पानी पिउन नपाइरहेका बेलामा ठेकेदार कम्पनीले आयोजना छाडेको घोषणामात्र हैन अधिकारीहरु नै भाग्न खोजेका छन् । भगुवा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

इटालियन ठेकदार कम्पनी सीएमसीले मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गर्दै कम्पनीका ८ पदाधिकारीहरु भाग्न खोजेका थिए । सरकारले कम्पनीको पत्र नबुझे पनि पदाधिकारी भने क्रिसमसको बहानामा इटाली भाग्न खोजेका थिए । 

यसअघि कम्पनीले गत मंसिर २७ गते (डिसेम्बर १४ तारिख) मै आफूले दावी गरेको रकम दिन समयसीमा दिएको थियो । सरकारले बाँकी काम सिध्याएपछि मात्रै थप रकम भुक्तानी दिने जवाफ दिएपछि त्यही बहानामा कम्पनीका पदाधिकारीहरु भाग्न खोजेका थिए । 

सुटुक्क भाग्न खोजेका भगुवाहरुलाई प्रहरीले ठमेलबाट नियन्त्रणमा लिइएको हो । सोमबार नै अधिकांशले देश छाड्ने योजना बनेको जानकारी पाएपछि प्रहरीले आइतबार राति नै पक्राउ गर्न सफल भएको हो । 

यसअघि एक जना कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले रोकेपछि अनुसन्धान गर्दै जाँदा तिनै भाग्न खोजेका कर्मचारीले अन्य कर्मचारी एवं पदाधिकारी पनि भाग्न खोजेको सुचना चुहाएका थिए । 

सरकारले मेलम्चीको पानी काठमाडौं आउन केही समय लाग्ने भन्दै पटक पटक मिति सार्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ