arrow

अस्पतालमा आगलागी, ६ को मृत्यु, १४७ जनाको उद्दार 

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
fire-building.jpg

काठमाडौं । भारतको अँधेरीस्थित ईएसआईसी अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

आगलागीबाट १४७ जनाको उद्दार गरिएको जनाइएको छ । सोमवार बेलुकी  अस्पतालको चौथो तल्लामा आगो लागेको थियो । 

पाँच जनाको अस्पतालमा उपचाररत अवस्थामै भएको थियो भने एक जनाको उद्दारका क्रममा खसेर भएको थियो ।  

दमकल विभागका अनुसार अपरान्ह ४ बजे आगलागी सुरु भएको थियो । बचाव अभियान अहिलेसम्म जारी रहेको स्वास्थ्य मंत्री दीपक सावंतले बताएका छन् ।

मुंबईका मेयर वी महादेश्वरले अहिलेसम्म आगलागीको कारण पत्ता नलागेको बताएका छन् । 

उनले यसबारे जाँच समेत सुरु भइसकेको जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ