arrow

भाजपाविरुद्ध मोर्चाबन्दी, एक दर्जन दलका नेताहरु एउटै बसमा 

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
indian-leaders.jpg

काठमाडौं । भारतमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाविरुद्ध १२ दलले मोर्चाबन्दी गरेका छन् । एकता देखाउन प्रमुख प्रतिपक्षी दल काँंग्रेस आईसहित १२ दलका नेताहरु एउटै बसमा सवार भई एकताको सन्देश दिएका हुन् । 

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले सोमबार राजस्थानका २२ औं मुख्यमन्त्रीका रुपमा सपथ कार्यक्रममा त्यो ऐक्यवद्धता देखिएको हो । 

राजस्थान के राज्यपाल कल्याण सिंह (बीच में) ने सोमवार को जयपुर में अशोक गहलोत (बाएं) और सचिन पायलट (दाएं) को शपथ दिलाई।

तेस्रो पटक राजस्थानका मुख्यमन्त्री बनेका गहलोतको सपथमा सहभागी हुन १२ दलका नेताहरु पुगेका थिए । समारोहमा काँग्रेस अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, पूर्व मुख्यमन्त्री बसुन्धरा राजेसहित सम्भावित महागठबन्धनका १२ दलका नेता थिए । 

बस में सवार मनमोहन सिंह, राहुल गांधी, द्रमुक नेता एमके स्टालिन।

उक्त कार्यक्रममा सोनिया गान्धी नपुगे पनि नवजोत सिंह सिद्धू, मल्लिकार्जुन खड्गे लगायत थिए । 

सपथ ग्रहणमा  १२ अन्य दलका नेता थिए ।  उनीहरुमा राकांपाका शरद पवार र प्रफुल्ल पटेल थिए । त्यस्तै तेदेपाका चंद्रबाबु नायडू, जेडीएसका पूर्व प्रधानमंत्री एचडी देवेगौड़ा, कर्नाटकका मुख्यमंत्री एचडी कुमार स्वामी, हिंदुस्तानी अवाम मोर्चाका जीतनराम मांझी, नेशनल कॉन्फ्रेंसका फारुक अब्दुल्ला रहेका थिए ।

द्रमुक नेता टीआर बालू, राजद नेता तेजस्वी यादव, नेकां नेता फारुक अब्दुल्ला, लोजद नेता शरद यादव, राकांपा प्रमुख शरद पवार, लोकसभा में कांग्रेस के नेता मल्लिकार्जुन खड़गे, पुड्डुचेरी के सीएम वी नारायणसामी। (बाएं से दाएं)

त्यस्तै झारखंड मुक्ति मोर्चाका हेमंत सोरेन, झारखंड विकास मोर्चाका बाबूलाल मरांडी, राजदका तेजस्वी यादव, लोजदका शरद यादव, द्रमुकका स्टालिन, कनिमोझी र टीआर बालू रहेका थिए । त्यस्तै सपाका राजेश कुमार र असम यूनाइटेड डेमोक्रेटिक फ्रंटका बदरुद्दीन अजमल रहेका थिए । 

पाँच राज्यमा भएको निर्वाचनमा भाजपाले नराम्रो हार बेहोरेको थियो । यसले केन्द्र सरकारमा कुनै फरक नपार्ने बताए पनि प्रतिपक्षी दलहरु भने निकै उत्साहित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ