arrow

फेन्सी पसलमा आगलागी, लाखौँको क्षति

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ पुष ३ मंगलबार
fire2.jpg

दार्चुला ।दार्चुला जिल्ला सदरमुकाम खलंगा बजारको पुलघाट स्थित पदम बडालको फेन्सी पसल, बडाल कम्पलेक्समा सोमबार राति आगलागी भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ घाँट बजारमा रहेको पदम बडालको फेन्सी पसलमा आगलागी हुँदा लाखौँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

नेपाल भारत जोड्ने सीमा पुलको नजिकै रहेको छोटी भन्सार कार्यालय अगाडि रहेको पसलमा आगलागी भएपछि नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीयहरुले महाकाली नदिबाट पानी बोकेर आगो निभाएका हुन् ।

विद्युत सर्ट सर्किट भई सो आगलागी भएको अनुमान गरिएको छ । राती सवा नौ बजेतिर लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयको १ घण्टाको प्रयासमा नियन्त्रणमा आएको थियो । क्षतिको बितरण एकीन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ