arrow

११ विपन्न परिवारलाई आयआर्जनका लागि बाख्रा वितरण

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
Boergoat.JPG.jpeg

पाल्पा । गरिब तथा विपन्न परिवारलाई आयआर्जन तर्फ उन्मुख गराई जीवनयापनमा सहजता ल्याउने उद्देश्यका साथ पाल्पाको रामपुरका ११ परिवारलाई बाख्रा वितरण गरिएको छ ।  कतार च्यारिटीको आर्थिक सहयोगमा लुम्बिनी एकिकृत विकास संस्था कपिलवस्तुले इस्लामिक सक्रिय समाजको समन्वयमा जिविको पार्जनका लागि साना किसान सहायता परियोजना मार्फत बाख्रा वितरण गरेको हो ।

परियोजना अन्तर्गत रामपुर नगरपालिका वडा नं. ४, ५ र ८ का ११ परिवारलाई प्रति परिवार ४ वटा माउ बाख्रा र १ वटा जमुनापारी जातको बोका सहित दुई पाटा जस्ता वितरण गरिएको छ । आयआर्जनका लागि कपिलवस्तुका संघिय सांसद अतहर कमाल मुसलमान र रामपुरनगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विपन्न परिवारलाई हस्तान्तरण गरेका थिए ।

 बाख्रा प्राप्त गरेपछि विपन्न परिवारका नागरिकहरु खुशी भएका छन् । उनीहरुले संस्थाले दिएको बाख्रालाई बढाएर अघि बढ्ने बताए । इस्लामिक सक्रिया समाजले नगर क्षेत्रको बारेमा जानकारी गराई लुम्बिनी एकिकृत विकास संस्था द्धारा  सञ्चालित परियोजना समन्वय गरी सञ्चालनमा ल्याएको हो ।

कतार च्यारिटीले विपन्न परिवारको आर्थिक स्थिति मजबुत बताउन बाख्रा संगै खोर बनाउन जस्ता वितरण गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ