arrow

सर्वसाधरणका लागि शेयर निष्काशन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ पुष ३ मंगलबार
niskasan.JPG

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा प्रधान कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्थाले सर्वसाधरणका लागि शेय निष्काशन गर्ने भएको छ । सर्वसाधरणका लागि शेय निष्काशन गर्न एनआईविएल एस क्यापिटल लिमिटेड सगँ सम्झौता गरेको हो ।

संस्थाले प्रति शेयर १०० का दरले ४ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको तयारीमा जुटेको आँधीखोला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले जानकारी दिए । सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा आँधिखोला लघुवित्त वित्तीय संस्था लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महा प्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा संस्थाका अध्यक्ष नरेस के.सी.र नेपाल इन्भेष्टमेण्ट वैंक लि.वालिङ शाखाका शाखा प्रवन्धक उज्जल श्रेष्ठको समेत सहभागिता थियो । आँधिखोला लघुवित्त वित्तीय संस्था लि.को अधिकृत पूँजी १५ करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ६ करोड रहेको छ भने सर्व साधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी १० करोड हुने संस्थाले जनाएको छ ।  

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ भाद्र १० गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरी २०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको १० जिल्लाको अनुमति समेत पाएको थियो ।

यस वित्तीय संस्थाले २०७३ फागुन १ गते देखि आफ्नो वित्तीय कारोवारको शुभारम्भ गर्दै हाल स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा शाखा कार्यालय मार्फत् १२ हजार २ सय ४६ विपन्न वर्गका महिला समूहहरुलाई करिव ४९ करोड २२ लाख कर्जा प्रवाह गरेको छ । त्यसै गरी बचत संकलन १४ करोड ४५ लाख गरी करिव ८० लाख मुनाफा गर्न सफल रहेको संस्थाका अध्यक्ष नरेस केसीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ