arrow

१० वर्षपछि पाकिस्तानमा उडान भर्दै ब्रिटिश एयरवेज

logo
एजेन्सी
प्रकाशित २०७५ पुष ३ मंगलबार
british_airways.png

काठमाडौं । सुरक्षाको कारण देखाउँदै १० वर्षअघि पाकिस्तानको सेवा बन्द गरेको ब्रिटिश एयरवेजले पुनः पाकिस्तानमा उडान भर्ने भएको छ । 

मंगलबार कम्पनीले २०१९ को जुन महिनादेखि पाकिस्तानमा हवाई सेवा सुरु गर्ने बताएको छ । बेलायती उच्चायुक्त थोमस ड्रूले यसबाट बेलायत र पाकिस्तानको बीचमा व्यापार विस्तारको लागि पनि सहयोग पुग्ने बताए । उनले यसले व्यापार तथा लगानी विस्तारको लागि पनि सहयोग मिल्नेछ । 

ब्रिटिश एयरवेजले पाकिस्तानको राजधानी इस्लामावादमा बनेको नयाँ विमानस्थलबाट प्रत्यक्ष हवाई सम्पर्क गर्ने योजना अघि सारेको हो । पाकिस्तानी अधिकारीले पनि एयरवेजको यो कदम निकै महत्वपूर्ण रहेको बताएका छन् । यसले पाकिस्तान र बेलायतको सम्बन्धमा पनि सुधार आउने उनीहरुको भनाइ छ । 

सन् २००८ मा पाकिस्तानको म्यारिओट होटलमा भएको आतंकवादी आक्रमणपछि ब्रिटिश एयरवेजले पाकिस्तानको उडान अनिश्चितकालका लागि रोकेको थियो । सो आक्रमणमा ५४ जना मानिसहरुको ज्यान गएको थियो भने २ सय ६६ जना मानिसहरु घाइते भएका थिए । जसमा ५ जना विदेशी नागरिकहरुको पनि ज्यान गएको थियो । 

अहिले बनेको नयाँ विमानस्थलको सुरक्षा व्यवस्था निकै चुस्त रहेको कारण ब्रिटिश एयरवेजले आफ्नो पाकिस्तानको सेवा पुनः सुरु गर्ने तयारी गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ