arrow

कसरी पुग्यो म्यान्चेस्टर सिटी ईएफएलको सेमिफाइनलमा

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
mancity-leicester.jpg

काठमाडौं। इंगलिश कप फुटबल इएफएलमा प्रिमियर लिगको दोस्रो स्थानको म्यान्चेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको क्वार्र्टरफाइनल खेलमा लेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै सिटी सेमिफाइनलमा पुगेको हो। निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा निर्णायक बन्न पुग्यो। खेलको १४औं मिनेटमा केभिन डे ब्रुनेले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ब्रुनेको यो सिजनकै पहिलो गोल थियो। 

पहिलो हाफमा एक गोलले अघि रहेको म्यान्चेस्टर सिटीले दोस्रो हाफमा गोल खान पुग्यो। ७३औं मिनेटमा मार्क अलब्रिगटनले गोल गर्दै लेष्टर सिटीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेल पेनाल्टी सुटमा पुग्यो र सिटीले बाजी मार्यो। बुर्टाेन आल्बियन पनि सेमिफाइनलमा पुगेको छ। बुर्टोनले मिडिल्सब्रोलाई १–० ले हरायो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ