arrow

जब १ करोडमा बिकेनन् आईपीएलकै महंगा खेलाडी युवराज, गम्भीरको यस्तो प्रतिक्रिया

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
Gautam_Gambhir_and_Yuvraj_Singh.jpg

काठमाडौं ।  इन्डियन प्रीमियर लिग (आईपीएल) को १२ औ सीजनमा युवराज सिंह मुम्बई इन्डियन्सको तर्फबाट खेल्दै छन्  । खेलाडी लिलामिको पहिलो राउण्डमा युवराज सिंह  बिकेनन् । सो देखेर पूर्व क्रिकेटर गौतम गम्भीर अचम्ममा परे  ।  आईपीएलको १२ सिजनको लागि खेलाडीको लिलामि मंगलवार जयपुरमा भएको थियो । किंग्स इलेवन पंजाबले युवराजलाई रिलीज गरेको थियो  , जसकारण उनि पुन लिलामिमा उत्रनु परेको थियो ।

युवराज यस पटक १ करोड भारतीय रुपैयाँ मुल्य सहित आईपीएल लिलामिमा उत्रिएका थिए । गम्भीरले पहिलो राउण्डमा युवराज नविकेपछि भनेका थिए , ' म यस कुरामा हैरान छु कि कुनै पनि टिमले उनलाई किन्न चाहेनन् । उनि पक्कै पनि पहिलेको जस्तो प्रदर्शन अब गर्न सक्दैनन् तर पनि उनि एक्लैको प्रयासमा पनि म्याच जिताउन सक्छन् ।'

हालै संन्यास लिएका गम्भीरले भने , ' जहांसम्म मलाई लाग्छ कि टिम यो समय आफ्नो प्राथमिक खेलाडीहरुलाई किन्नमा ध्यान दिइरहेको छ । मलाई पूरा विश्वास छ कि उनि दोस्रो राउण्डको लिलामिमा पक्के बिक्नेछन् ।'

दोस्रो राउण्डमा युवराजलाई मुम्बई इन्डियन्सले तोकेको मुल्यमा किन्यो । युवराज आईपीएलको अघिल्लो सिजनमा किंग्स इलेवन पंजाबबाट खेलेका थिए । उनले आईपीएलको सुरुवातमा नै किंग्स इलेवन पंजाबका लागि खेलेका थिए । उनि एक सिजन टिमको कप्तान पनि बनेका थिए ।

यस बाहेक उनि रोयल च्यालेन्जर्स बेङ्गलोर, सनराइजर्स हैदराबाद, दिल्ली डेयरडेविल्सबाट खेलि सकेका छन् । २०१५ मा दिल्लीले उनलाई १६ करोडमा केनेको थियो । सो समय युवराज लिगको सबैभन्दा महंगा खेलाडी थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ