arrow

सिंहदरबार वृत्तले दियो केएमसीका विद्यार्थीलाई प्रशिक्षण

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
police-school.jpg

काठमाडौं । महानगरीय प्रहरी कार्यालयले केएमसी सेकेण्डरी स्कुल बागबजारमा पुगेर बिद्यार्थीलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक शैलेस थापा क्षेत्रीले झण्डै २ सय ५० को हाराहारीमा सहभागी बिद्यार्थीलाई साइवर अपराध, मानब बेचबिखन, जबरजस्ती करणी र त्यसबाट बच्ने उपायँ र जीवनमा आधारभुत सुरक्षाका बिषयमा प्रशिक्षण दिएका हुन् ।

 पछिल्लो समय शहरदेखि गाउँसम्म साइबर अपराध बढेको पाइएकोले अनलाइनमा कुरा गर्दा साइवर अपराधमा पर्न सकिने भन्दै यसबाट जोगिन बिभिन्न उपाँयबारे जानकारी दिएका हुन् । महानगरीय प्रहरी बृत्त सिंहदरबारको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत डिआइजी थापाले अपरिचितसँगको क्रियाकलापमा सावधानी अपनाउनुपर्नेमा जोड दिदै जाथाभावी फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालको प्रयोग नगर्न, शान्ति सुरक्षामा सबै बिद्यार्थी चनाखो हुन आग्रह गरे।
 
पुलिस क्लबमा आयोजित प्रशिक्षणमा थापाले सामाजिक अपराध न्युनिकरणमा बिद्यार्थीले खेल्न सक्ने भुमिका र बिभिन्न अपराधका प्रकृति फेरिएकाले साइवर अपराधमा नपर्न साथै अपरिचितसँगको व्यवहार उही अनुसारले गरेमा मात्र पनि समाजका केही घटनामा कमी आउने बताउदै यस तर्फ सचेत रहन आग्रह गरे।

 वृत्तका प्रहरी निरीक्षक भोजराज पाण्डेको संचालनमा भएको प्रशिक्षण कार्यक्रममा स्कुलका प्रिन्सिपल नगेन्द्र बहादुर अर्यालले प्रशिक्षण कार्यक्रमले आफूहरुलाई अझ सशक्त बिना बर्दीको प्रहरी बन्न प्रेरणा मिलेको बताए । उनले स्कुलमा सञ्चालित प्रशिक्षणले शिक्षक र बिद्यार्थीलाई एकै थलोमा सुरक्षित भविश्यको लागि ज्ञान दिएको बताउदै यसका लागि प्रहरीको यो अभियानलाई धन्यवाद दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ