arrow

कांग्रेस महाधिवेशन : ‘नीति र नेतृत्व बहस’ [नयाँ शक्ति देखि विवेकशील नेपालीसम्म]

पुराना नेताहरुको क्षमतामा शंका छ : रामेश्वर खनाल, देशको ठूलो दल भित्र सुसंस्कार स्थापित भएको हेर्न चाहन्छौं : उज्वल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७२ फागुन १८ मंगलबार
nayasakti-and-bibikshil-nepali.jpg.jpeg
काठमाडौं । कांग्रेको आसन्न १३औं महाधिवेशनले राजधानी तातिदै गएको छ । देशभर कांग्रेस महाधिवेशनको चर्चा छ । कांग्रेस पार्टीभित्र भइरहेका नेतृत्व आन्तरिक प्रयास र छलफलको सरगर्मी समेत बढेको छ । पार्टी बाहिर अर्थात् अन्य राजनीतिक पार्टीहरुमा कांग्रेस नीति र नेतृत्वबारे बहस चलेको छ ।
 
संविधान निर्माणपछी पछिल्लो समय राजनीतिक संक्रमण सकिएको संकेत दिँदै भिन्न शैलीले उदाएको नयाँ शक्ति र दक्षता एवं क्षमता नै नेतृत्व कुशलता भन्ने अभियानमा लागेका युवाहरुको पार्टी विवेकशील नेपालीले समेत कांग्रेस नीति र नेतृत्वबारे विचार मन्थन गरिरहेका छन् । ‘आर्थिक, राजनीतिक र सामाजिक समृद्धि’ अबको मार्गदर्शन सम्झिने अभियन्ताहरुले कांग्रेस महाधिवेशनप्रति आ–आफ्ना धारणा यसरी राखेका छन् । 
 
पुराना नेताहरुको क्षमतामा सबैको शंका छ : रामेश्वर खनाल 
बाबुराम भट्टराई नेतत्वको नयाँ शक्ति अभियानको अन्तरिम केन्द्रीय परिषद्का एक सदस्य रामेश्वर खनालले कांग्रेस महाधिवेशनलाई आफुहरुले स्वभाविक रुपमा लिएको बताए । हाम्राकुरासंग उनले भने, ‘राजनीतिक आन्दोलन र अधिकारको मुद्दा सकियो, मुलुकको समृद्धिको मुद्दा र आर्थिक विकासको मार्गचित्र के हो भन्ने तय गरिदिए हुन्थ्यो ।’ मुलुकको शीर्ष पार्टीको दायित्व समेत हो । खनालले अबको नेतृत्व, नीति तथा कार्यक्रम बनाउने मात्र नभई त्यसको कार्यान्वय क्षमता भएका व्यक्ति आए राम्रो हुने बताए । उनले भनेका छन्, ‘महाधिवेशनको वातावरण हेर्दा लक्ष्य प्राप्तीको उद्देश्य उन्मुख देखिदैन ।’ नेतृत्व र नीतिको मुद्दा सही रुपमा बाहिर आएन । नेतृत्वका सन्दर्भमा खनालले भने, ‘युवा होस् या पाका पार्टी र मुलुकलाई नयाँ दिशा दिन सक्ने हुनै पर्दछ, व्यक्तिको नामै किटान गर्नु उपयुक्त हुँदैन, क्षमता भएका व्यक्तिहरु पनि देखिएका छन् र अवसर पाएर पनि आफुलाई प्रमाणित गर्न नसकेकाहरु समेत नेतृत्वका दावेदार छन् ।’ 
 
पुराना नेताको क्षमतामा सबैको शंका छ, खनालले थपे, ‘पुराना दुई आकांक्षीले पहिले पार्टीको महत्वपूर्ण जिम्मेवारी र राज्यको महत्वपूर्ण जिम्मेवारी पाएकै हुन्, अवसर पाए पनि आफुलाई प्रमाणित गर्न नसकेकाले क्षमताप्रति शंका छ ।’ अहिले समानुपातिक समावेशीको सिद्धान्त अनुरुप मार्गदर्शन दिन सक्नु पर्दछ । कांग्रेसमा जनजाती नेताहरु क्षतावान् थिए, उनीहरुको क्षमता नबुझेर कांग्रेस खुइलियो, केही समय कांग्रेसमा रहेर अनुभव संगालेका खनालल भने, ‘शेरबहादुर देउवा र रामचन्द्रकै पालामा मधेसी नेताहरुले पार्टी छोडेर गए ।’ तपाईहरु के चाहनु हुन्छ ? जवाफमा खनालले भने, ‘हुन त अहिले खुरापात राजनीति चल्छ, एउटा पार्टी धरासायी भए अर्कोलाई फाइदा हुन्छ भन्ने, तर नेपाली कांग्रेस देशको प्रमुख पार्टी भएकैले राम्रो भएर आइदिए हामीलाई राम्रो हुन्छ, हामी पनि सजक हुन्छौं ।’ दूर दृष्टी भएको नेतृत्व आओस् । छोटो समय कांग्रेसमा बस्दा के अनुभव गर्नु भो ? कांग्रेसीहरुले विधि विर्सेका छन्, विधि छैन, उनले भने, ‘कार्यकर्ताहरु उदारमुखि काम नगर्ने, निर्माण तहमा नखटिने र नेताको घरदैलो चहार्ने शैली कायमै छ, पार्टीका महत्वपूर्ण छलफल कोठामा हुने अर्थात् कसैका घरमा हुने, पार्टी केन्द्रीय कार्यालय हुँदा–हुँदै कहिले यता, कहिले उता कोठे बैठक हुनु राम्रो होइन ।’ खै विधि ? देशको प्रमुख डमोक्रेटिक पार्टीको विधि र नीति हुनु पर्दैन–खनालले तर्क गरे । 
 
महाधिवेशन व्यक्तिगत बहसको विषय बन्दा नौलो महसुस भइरहेको छ : देवेन्द्र पौडेल
नयाँ शक्ति अभियानकै अर्का सदस्य देवेन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यता अनुरुप भइरहेको लोकतान्त्रिक अभ्यासलाई सकारात्मक भने । नेतृत्व परिवर्तनको बहस भन्दा पनि मुलुकको भविष्य र समृद्धिको बहस हुनु पर्नेमा त्यसो हुन नसकेको पौडेलको भनाई छ । कांग्रेस नेताहरुले एकताको महाधिवेशन भने पनि व्यवहारतः त्यो नदेखिएको उनले बताए । 
 
पौडेलले भने, ‘महाधिवेशन व्यक्तिगत बहसको विषय बन्दा नौलो महसुस भइरहेको छ ।’ देशको कुटनीतिक सम्बन्ध अझै सन्तुलित भएको छैन । कांग्रेसले आफ्नो ठोस नीति र कार्यक्रम दिन सक्नु पर्दछ, पौडेलले थपे, ‘मुलुकका विभिन्न अफ्ठ्याराहरु चिर्न र विषमता अन्त्य गर्न ठोस मार्गचित्र दिन सक्नु पर्दछ, हाम्रो चाहाना यही हो ।’       
 
व्यक्तिको पद हानथाप हेर्दा कांग्रेस युग अनुसार आफुलाई परिवर्तन गर्न चाहँदैन : रामचन्द्र झा 
कांग्रेस महाधिवेशनलाई नयाँ शक्ति अभियानका रामचन्द्र झा आन्तरिक मामिला भन्दछन् । यद्यपि, आन्तरिक महाधिवेशन भएपनि आफुलाई युग अनुसार परिवर्तन गर्न सक्नु पर्ने झाको धारणा छ । झाले भने, ‘नयाँ युग अनुसार आफुलाई रुपान्तरण गर्न सक्नु पर्दछ ।’ व्यक्तिको पद हानथाप हेर्दा कांग्रेस अझै युग अनुसार आफुलाई परिवर्तन गर्न चाहँदैन भन्ने बुझिने झा को तर्क छ । आजको विकास लक्ष्य, भ्रष्टाचार निर्मुल र समानुपातिक समावेशी मुद्दा अघि बढाउन सकोस्, भन्ने हाम्रो चाहाना हो–झाले भनेका छन् । देश समाजवाद उन्मुख हुँदै गर्दा त्यसको आधारभूत मापदण्ड पुरा गर्न जिम्मेवार पार्टी पछि पर्नु हुँदैन । 
 
देशको ठूलो दल भित्र सुसंस्कार स्थापित भएको हेर्न चाहन्छौं : उज्वल थापा 
विवेकशील नेपाली पार्टीका अध्यक्ष उज्वल थापाले नेपाली कांग्रेसको महाधिवेशनलाई आफुहरुले सुसंस्कार वा कुसंस्कार स्थापित गर्ने कस्को  जित हुन्छ भनेर हेरिरहेको बताए । यद्यपि, सुसंस्कार र कुसंस्कार स्थापित गर्नेबारे उनले खासै बोलेनन् । उनले भने, ‘देशको ठूलो दल भित्र सुसंस्कार स्थापित भएको हेर्न चाहन्छौं ।’ अबको जमानामा कसैको बहुमत नआउने बताउँदै थापाले मिश्रित परिणामनै स्वीकार्नु पर्ने र उही मूल्य मान्यता भएकाहरुसंग मात्रै सहकार्य हुने बताए । थापाले भनेका छन्, ‘त्यसैले कांग्रेस भित्र पनि सुसंस्कारकै मूल्य मान्यताका व्यक्ति आउनु पर्दछ, जसले सहकार्यको मार्ग खुला गर्दछ ।’ योग्य को त ? थापाले भने, ‘नेतृत्वका लागि यो वा त्यो व्यक्ति योग्य भन्दै नाम लिनु उचित हुँदैन ।’ निष्ठाको राजनीति गर्ने कांग्रेस कार्यकर्ताले ती व्यक्ति राम्ररी चिन्नु भएको छ । सम्भवतः त्यही नेतृत्व चयन गर्न हुन्छ होला । 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ