arrow

महागठबन्धनबाट किन टाढिन खोज्दैछन् 'हात्ति' र 'साईकल'

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
hatti_cycle.jpg

काठमाडौं । भारतमा २०१९ मा हुने लोकसभा चुनावको तयारी तीब्र चलिरहेको छ । चुनाव जित्नका लागि कर्जा माफीको घोषणादेखि महागठबन्धनको तयारीमा समेत जुटेको प्रमुख प्रतिपक्षी काँग्रेसलाई पछिल्लो समय अखिलेश यादवको नेतृत्वमा रहेको समाजवादी पार्टी र मायावतीको नेतृत्वमा रहेको बहुजन समाजवादी पार्टीले मोलतोल सुरु गरेका छन् । 

यिनै दुई पार्टीको सहयोगमा अहिले काँग्रेसले १५ वर्ष पछि मध्यप्रदेशमा सरकार बनाउन सफल भएको छ । यही गठबन्धनलाई लोकसभा चुनावमा पनि निरन्तरता दिने पक्षमा काँग्रेस छ । तर, यी दुई पार्टीहरुले समेत पछिल्लो समय काँग्रेससँग दुरी बढाउन चाहेको देखिएको छ । लोकसभा चुनावमा राहुल गान्धीको उम्मेदवारी घोषणाको विषयमा असन्तुष्टि जनाउँदै आएका यी दुई पार्टीले लोक सभा चुनावको सिटबारे मोलतोल सुरु गरेको देखिएको छ । 

केही दिन अघि मध्यप्रदेशका मुख्यमन्त्रीको सपथ ग्रहणको क्रममा यादव र मायावतीलाई पनि बोलाईएको थियो । तर, गठबन्धनमा दरार उत्पन्न भएपछि दुबैजना सपथ ग्रहणमा गएनन् । योसँगै उनीहरु २०१९ को लोकसभा चुनावमा काँग्रेस नेतृत्वको गठबन्धनबाट टाढिन खोजेको विश्लेषण गर्न थालिएको छ । केही दिनदेखिको समाजवादी पार्टीका अध्यक्ष यादवको अभिव्यक्तिहरुले पनि उनी गठबन्धनको पक्षमा खुलेर लाग्न नसकेको देख्न सकिन्छ । 

के उत्तर प्रदेशमा बहुचर्चित विपक्षी एकता सम्भव छ ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । मंगलवार विधानसभा सत्रको पहिलो दिन बहुजन समाज पार्टी (जसको चुनाव चिह्न हात्ति हो) तथा समाजवादी पार्टी (जसको चुनाव चिह्न सार्इकल हो) ले नियमित पत्रकार सम्मेलन मार्फत् काँग्रेससँग दूर रहेको संकेत गरे । विधान सभाको शीतकालीन सत्रको पहिलो दिन काँग्रेसले ती पार्टीहरुले उठाउन चाहेको विषयबारे मिडियालाई व्रिफिङ गरेका थिए । यस अघि नै ३ राज्यमा भएको चुनाव पछिको घटनाक्रमले यादव र मायावतीले काँग्रेससँग दूरी बढाउन चाहेको स्पष्ट भईसकेको छ । लोकसभामा जाने प्रतिनिधिहरु मध्ये उत्तरप्रदेशबाट देशका सबै प्रदेशबाट भन्दा धेरै प्रतिनिधिहरु रहेकोले लोकसभा चुनावमा धेरैको आँखा उत्तरप्रदेशमा नै रहेको हुन्छ । कूल ५४५ लोकसभा सांसद् मध्ये ५४३ सांसद् प्रत्यक्ष चुनिएर आउँछन् र बाँकी २ सांसद् राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ । उत्तरप्रदेशबाट मात्रै ८० जना सांसद् लोकसभामा जान्छन् । २०१४ मा उत्तरप्रदेशको ८० सिट मध्ये विजेपी गठबन्धनले मात्रै ७१ सिट जितेको थियो ।

राजस्थान, मध्य प्रदेश तथा छत्तिसगढमा काँग्रेस सरकारको शपथग्रहण समारोहमा दुबै पार्टी अध्यक्ष सामेल भएनन् । अचम्मको कुरा त यही हो कि यिनै पार्टीले ३ वटै राज्यमा काँग्रेस नेतृत्वलार्इ समर्थन गरिरहेका छन् । यस घटनाक्रमले २०१९ का लोकसभा चुनावमा बीएसपी(एसपीको गठबन्धनमा काँग्रेस शामिल हुने विषय केही दूर भएको विश्लेषण गरिएको छ । काँग्रेस सूत्रका अनुसार अहिलेसम्म विपक्षी दलहरुबीच गठबन्धन बनाउने विषयमा छलफल समेत भएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ