arrow

हुवावेका प्रमुख वित्तीय अधिकृत प्रकरण : चीनले गर्‍यो तेस्रो क्यानाडाली नागरिक पक्राउ

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
huwae-vice-president.jpeg

बेइजिङ । चीनमा तेस्रा क्यानाडाली नागरिक पक्राउ परेको क्यानाडाको एक अखबारले बुधबार समाचार प्रकाशन गरेको छ । चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृतलाई अमेरिकी अनुरोधमा क्यानाडामा गिरफ्तार गरेयता चीन र क्यानाडाबीच कुटनीतिक तनाब सिर्जना भएको छ ।

क्यानाडाको विदेश मन्त्रालयले एक जना क्यानाडेली नागरिक गिरफ्तार भएको कुरा जानकारीमा आएको जनाएको छ । तर, मन्त्रालयका प्रवक्ताले विस्तृत विवरण दिन अस्वीकार गरे ।

क्यानाडेली अखबारले हुवावेका वित्तीय प्रमुख मेङ वान्झाउको गिरफ्तारीसँग पछिल्लो गिरफ्तारी सम्बन्धित रहे नरहेको खुलाएको छैन । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नियमित पत्रकार भेटमा क्यानाडाली नागरिकको गिरफ्तारीका बारेमा जानकारी नभएको बताए।

मेङको डिसेम्बर १ मा क्यानाडामा भएको गिरफ्तारीपछि चीनले दुई क्यानाडाली नागरिकलाई गिरफ्तार गरेकाले यसलाई चीनको प्रतिशोधका रुपमा हेरिएको छ । तर, चीनले यस बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

चीनले क्यानाडाका कूटनीतिज्ञ माइकल कोभरिग र चीनस्थित व्यवसाय परामर्शदाता माइकल स्पाभोरलाई चीनको आन्तरिक सुरक्षामा खलल पुर्‍याएको भन्दै गत डिसेम्बर १० मा गिरफ्तार गरेको छ ।  कोभरिग हाल हङकङस्थित इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ट सल्लाहकार हुन्।

बेइजिङले मेङलाई क्यानाडाले विनाशर्त मुक्त नगरे गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिइआएको छ । चिनियाँ सरकारी सञ्चार माध्यमहरुले मेङको गिरफ्तारी राजनीतिक प्रेरित रहेको भन्दै आलोचना गरिरहेका छन् । क्यानाडाले मेङको गिरफ्तारी राजनीतिक प्रेरित नभएको बताउँदै आएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ