arrow

कृषि अनुसन्धान र प्रविधि विस्तारमा चीन सरकारले सहयोग गर्ने

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
nepal-china-flag.jpg.jpeg

काठमाडौँ । नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा चीन सरकारले सहयोग गर्ने भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितिमा मन्त्रालयकातर्फबाट योजना महाशाखा प्रमुख सहसचिव डा योगेन्द्रकुमार कार्की र चीनको स्वशासित क्षेत्र तिबेत इन्टरनेशनल इकोनोमिक एक्सचेञ्ज सर्भिस सेन्टरका प्रबन्धक बेन जेनबीच मन्त्रालयमा आज सो सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा सञ्चालन गरिने परियोजनाले मुख्य गरी आलुबाली, घाँस, ब्रोइलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बो ट्राउट माछामा विभिन्न अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार परियोजना सञ्चालन गरिने मन्त्रालयका उपसचिव शङ्कर सापकोटाले जानकारी दिए ।

परियोजना १९ डिसेम्बर २०१८ देखि १८ डिसेम्बर २०२१ सम्म सञ्चालन हुनेछ । परियोजना सञ्चालनका लागि चीन सरकारले २७ मिलियन चाइनिज युआन सहयोग गर्ने बताइएको छ । परियोजनाले ती जिल्लाका कृषक र प्राविधिक कर्मचारीलाई तालीम दिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ