arrow

मेलम्चीका कारण अन्य आयोजनाहरु प्रभावित हुदैनन् : मन्त्री बीना मगर

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
bina-magar.JPG

काठमाडौं ।  खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ ।  खानेपानी मन्त्रालयको सभाहलमा आयोजित बैठकमा खानेपानी मन्त्री बीना मगरले देशैभरि आधारभूत खानेपानीको पहुँच पुर्‍याउन मन्त्रालयले ठोस कार्यक्रमहरु तीव्रताका साथ अघि बढाउने बताएकी छन्  । बैठकको अध्यक्षता गर्दै उनले तीन वर्षभित्र जनतामाझ आधारभूत खानेपानीको सुनिश्चितता गर्न ढिलाई नगरी कार्यक्रमहरु अघि बढाउने बताइन् ।

खानेपानी मन्त्रालय, मातहतका निकाय, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सहितको संयुक्त बैठकमा मन्त्री मगरले रिजल्ट आउने गरी उत्साहजनक ढंगले कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्दै लगिने स्पष्ट पारिन् । बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारे उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उनले संयमित भएर मेलम्चीमा आएको समस्या हल गरिने बताइन् । उनले भनिन् , “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो ध्यान यसमा छ । मेलम्चीका कारण मन्त्रालयका अन्य आयोजना तथा कार्यक्रमहरु भने प्रभावित हुने छैनन् ।”

बैठकमा सचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयले पूँजीगत खर्च बढाएर लैजाने र अन्य आयोजनाका कामहरु तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल दासले खानेपानीको पहुँच नपुगेका देशैभरिका नगरपालिका, गाउँपालिका, वडा तथा टोलहरुको पहिचान गरी तथ्यांक संकलन गरेर योजना पुस्तक तयार पारिएको जानकारी दिए । उक्त योजनाहरुका आधारमा मन्त्रालयले कार्यक्रमहरु अघि बढाउनेछ ।

राष्ट्रिय योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले गुणस्तरीय खानेपानीको पहुँच पुर्‍याउने गरी कार्यक्रमहरु जनतामाझ लैजान आग्रह गर्रेका थिए ।

बैठकमा अर्थ मन्त्रालयका उपसचिव गौरीशंकर उपाध्यायले बजेटको पूँजीगत खर्च बढाउन मन्त्रालयलाई आग्रह गरे ।  बैठकमा आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशबहादुर खत्रीले काठमाडौं उपत्यकाको सल्लाघारी, धोविघाट तथा कोड्कु र बालकुमारीमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यको छिट्टै शिलान्यास गरिने बताए ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले वाटर एटीएम जडान गर्ने कार्य अन्तिम चरणमा रहेको र यसका लागि पुरातत्व विभागबाट अनुमति लिने प्रक्रिया अघि बढेको जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ