arrow

आर्थिक विकासको बाधक : व्यवसायिक योजना निर्माणको सिप नहुनु

logo
मुरली गोडिया,
प्रकाशित २०७५ पुष ४ बुधबार
photo_(2)1.jpg

बर्दिया । युवाहरुमा व्यवसायिक योजना निर्माणको आवश्यक सीप नहुनु युवा महिलाहरुको अर्थिक सम्पन्नताको कारण बनेको सरोकारवालाहरुले बताएका छन । बैदेशिक रोजगारमा जाने गरेका युवाहरु नेपालमै विभिन्न पेशा गर्दा सम्बन्धित पेशाको व्यवसायिक निर्माणको ज्ञान सीप नहुँदा युवाहरुको आर्थिक उन्नतीमा सुधार आउन नसेकेको एक अभिमुखिकरण कार्यक्रममा बताइएको छ । दलित महिला उत्थान संघ बर्दियाले बुधबार गुलरियामा आयोजना गरेको आर्थिक सशक्तिकरणका लागी सिप विकास परियोजनाको नगर स्तरिय परियोजनाको अभिमुखिकरण गोष्ठीमा उक्त कुरा बताइएको छ । युवाहरुको आर्थिक शसक्तिकरणका लागी विभिन्न खाले सिपमुलक कार्यक्रमको अवश्यकता रहेको सहभागीहरु जोड दिएका छन ।

आर्थिक सशक्तिकरणका लागी सिप विकास परियोजनाको लक्ष्य उद्धेश्यबारे कार्यक्रममा संयोजक विष्णु नेपालीले प्रकाश पार्नु भएको थियो । उक्त परियोजना बर्दिया जिल्लाको गुलरिया नगरपालिका र मधुवन नगरपालिकामा संचालन हुनेछ । १ वर्षको भएको उक्त परियोजनामा बाख्रा पालन, बंगुरपालन २० जनालाई, प्याज खेती, केरा खेती २० जना, सिलाई कटाई दास्रो श्रेणीमा २० जना, प्लम्बर तलिममा २० जना लगायतका विषयमा गरि १२० जनालाई रोजगारी मुलक सिपहरु संचालन गरिने नेपालले बताइन् । रोजगारको लागी बजार मुलक सिपको विकास गर्नु मुख्य उद्धेश्य रहेको नेपालीले बताइन् । हामीले ल्याउने कार्यक्रमलाई गरिव, अतिविपन्न, दलित महिला, लगायतका लक्षित वर्गका लागी हुन्छ तर कार्यक्रम गर्ने शैली मध्यम वर्गमा गने तरिका अपनाउने हुनले कार्यक्रम प्रभावकारी हुन नसकेको कमैया महिला जागरण समाज बर्दियाका संयोजक मान बहादुर डाँगील बताए ।

संघकी कोषाध्यक्ष विभा वि.क.को अध्यक्षतामा कार्यक्रममा विभिन्न सरोकारवालाहरुले उत्पदन पश्चयात उचित बजारीकरणको समास्य रहेको औंल्याएका थिए । सो अवसरमा भारतबाट आयात भइरहेको प्याज, केरा, लगायतका समाग्रीहरुमा करलगाई स्थानिय उत्पादनलाई प्रथामिकता दिनुपर्ने संघकी कार्यक्रम संयोजक विष्णु नेपालीले बताइन् । कार्यक्रममा बोल्दे गुलरिया नगरपालिका कृषी शाखा प्रमुख महादेश शाहले हामीले उत्पादन गरको समाग्रीमा बजारीकरणमा समास्या नहुने बताउनु भयो । बेमौसमी प्याज बढी भन्दा बढी उत्पदान गर्दा किसानको खेत गई व्यापारीहरुले किन्ने र सइकल तथा डोकामा लगेर घरघरमा बेच्ने समास्याको समाधान हुने उहाँले बताउनु भयो । उत्पादन गर्ने वस्तु बेमौसमी र बढी भन्दा बढी क्षेत्रमा लगाउँदा तरकारी संकलकहरु आफै खोज्दै आउने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै बर्दिया मेडिकल इन्सिच्युटका प्रबन्ध निर्देशक सुधारकर मिश्राले बर्तमान समयमा युवाहरुलाई आर्थिक सम्पन्नता हासिल गर्न सिपको अनिवर्य अवश्यकता भएको बताउनु भयो । कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्बर ५ की अध्यक्ष सावित्रा गौतम, ४ का वडा अध्यक्ष रामबहादुर रावल, ६ का वडा सदस्य सुद्यान्सु शर्मा, नागरिक समाज संजालका संयोजक बालकृष्ण ओली, घरेलु तथा साना उद्योग कार्यलय गुलरियाका संजय महतो, सुनौलो महिला विकास बहुउद्धेश्य सहकारी संस्थाकी अध्यक्ष इन्दिरा सुवेदी, प्रेस चौतरीका अध्यक्ष डिल प्रकाश गौतल लागायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ