arrow

मेलम्ची आयोजनाका झण्डै एक हजार कर्मचारी अलपत्र

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
melamchi--water-supply.png

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा बुधबारआयोजनाका कर्मचारीले धर्ना दिएका छन् ।

तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् ।

मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर्मचारीले गुनासो गरेका छन् । 

कर्मचारीका मागका विषयमा थप छलफल तथा सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीले बताएका छन् । 

कम्पनी नै भागेर जान खोजेपछि झण्डै एक हजार कर्मचारी अलपत्र परेका छन् । इटालियन कम्पनीले काम गर्न नसक्ने भनी सरकारलाई जानकारी गराइसकेको छ । 

क्रिसमस मनाउन भन्दै भाग्न खोज्ने कम्पनीका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कम्पनी नै भाग्न खोजेपछि मेलम्चीको पानी काठमाडौंमा आउने सम्भावना तत्काललाई कमजोर बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ