arrow

रियाल मड्रिड क्लब विश्वकपको फाइनलमा, बेलको ह्याट्रिक 

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
real-madrid12.jpg

काठमाडौं । स्पेनिश क्लब रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा पुगेको छ । युरोपियन च्याम्पियन रियालले बुधबार रातिको खेलमा जापानी क्लब काशीमा एन्टलर्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । 

फरवार्ड ग्यारेथ बेलले ह्याट्रिक गरेपछि रियाल ३–१ गोल अन्तरले विजयी भयो । रियालले पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा अग्रता बनाएको थियो । बेलले गोल गर्दै रियाललाई खेलमा अगाडि बढाए । 

Gareth Bale stole the show with a hat-trick as Real Madrid beat Kashima Antlers in Wednesday's Club World Cup semi-final

दोस्रो हाफको सुरुवातमै दुई गोल थप्दै बेलले ह्याट्रिक पूरा गरे । ५३ औं मिनेटमा अग्रतालाई दोब्बर पारेका बेलले दुई मिनेटमै ह्याट्रिक प्रहार गरे ।

Bale hit the net three times before being subbed off on the hour-mark, which should keep him fresh for Saturday's FIFA final

काशीमाका लागि शोमा डोईले ७८ औं मिनेटमा गोल फर्काए पनि उक्त गोल सान्त्वनामा नै सिमित भयो । रियालले अब फाइनलमा स्थानीय क्लब अल आइनको सामना गर्नेछ । अल आइनले रिभर प्लेटलाई पेनाल्टीमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

Opponents Kashima, who beat Mexico's Guadalajara in the quarter-finals, qualified for the tournament as Asian champions

रियाल लगातार तेस्रो पटक क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो । शनिबार हुने फाइनलमा विजयी भए रियालले उपाधिमा ह्याट्रिक गर्नेछ ।

यो प्रदर्शनले रियालले क्रिष्टियानो रोनाल्डोलाई बिर्सेको छ । रोनाल्डो इटालियन क्लब युभेन्टस गए पनि रियाल मड्रिडको पिच बिग्रेको छैन । ला लिगामा भने रियाल फितलो देखिएको छ । 

 

Luka Modric, pictured (left) turning away from Hugo Leonardo, ran the midfield for Real as they moved into another finalReal were unable to dominate as much as they would have liked during the first half and Kashima had a chance to score

 

At the other end of the field Welsh playmaker Bale caused plenty of problems for the Kashima defence with his direct runningBale broke the deadlock just before half-time as Real finally opened the scoring at the end of a testing opening 45 minutes



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ