arrow

काठ काट्ने क्रममा काठले च्यापेर पाल्पामा एकको ज्यान गयो

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
Palpa_District.png

पाल्पा । काठ काट्ने क्रममा काठले च्यापेर पाल्पामा एक जनाको ज्यान गएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीको खुर्सानेमा रहेको मधुवन सामुदायिक बनमा बिहिबार दिउँसो काठ काट्ने क्रममा बर्ष ४१ का टुक बहादुर कुँवरको ज्यान गएको हो ।

घरमा कर्कटको जस्तापाता लगाउनको लागि बनमा काठ काट्ने क्रममा अड्किएको काठ तान्ने क्रममा सोही काठले च्यापेर कुँवरको ज्यान गएको बल्ढेङ्गढी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक नगेन्द्र बहादुर मल्लले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । कुवँरका श्रीमती एक छोरा र छोरी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ