arrow

सन्दीप लामिछानेको अग्निपरीक्षा, बिग बास क्रिकेटमा मैदानमा 

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
sandeep5.jpg

काठमाडौं । नेपाली युवा सेलिब्रिटी खेलाडी सन्दीप लामिछानेले शुक्रबारबाट अष्ट्रेलियाको चर्चित बिग बास क्रिकेट लिगमा पाइला टेक्दैछन् । अन्य व्यवसायीक लिगहरु निकै चर्चित बनेका सन्दीपले अष्ट्रेलियाको चर्चित लिगमा पनि शानदार खेल्ने अपेक्षा धेरेको छ । 

अष्ट्रेलियामै माइकल क्लार्क बोलाएर अभ्यास दिएपछि एकाएक हाइलाइटमा आएका सन्दीप त्यसपछिमात्र इन्डियन प्रिमियर लिग आइपिएलमा खेल्न पुगेका थिए । त्यसपछि सन्दीपले पछाडि फर्कनु परेको छैन । निकै अगाडि बढिसकेका छन् । 

सन्दीपले शुक्रबार दिउँसो मेलबर्न स्टार्सबाट खेल्दैछन् । उनको टिम स्टार्सले खेल्दै गर्दा अष्ट्रेलियाका मिडियाबाटसमेत राम्रो कभरेज पाएका सन्दीप पनि टिममा पर्ने सम्भावना बढी छ । 

सिड्नी थन्डरविरुद्धको पहिलो खेलका लागि सन्दीप तयार देखिएका छन् । दिउँसो २ बजे हुने खेलका लागि मेलबर्नको १३ खेलाडीको लिष्टमा सन्दीपको नाम पनि छ । 

मेलबर्न ग्लेन म्याक्सवेलको नेतृत्वमा रहेको छ । अग्निपरीक्षा दिन तयार सन्दीपबारे अष्ट्रेलियन क्रिकेट बोर्डलेसमेत निकै प्राथमिकता दिएको छ ।

म्याक्सवेलले पनि सन्दीपलाई विशेष प्राथमिकतामा राखेका छन् । म्याक्सवेलले सन्दीपको उपस्थिति बिग बासका लागि निकै महत्पूर्ण हुने बताएका छन् ।

म्याक्सवेलले सन्दीप उमेरअनुसार अत्यन्तै स्मार्ट बलर रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ