arrow

अष्ट्रेलियन पूर्व कप्तान स्मिथ विश्वकपका लागि तयार

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
smith.jpg

काठमाडौं । अष्ट्रेलियन पूर्व कप्तान स्टिभ स्मिथले वल टेम्परिङ (विगारेको) विवादको ८ महिनापछि मीडियासँग कुराकानी गरेका छन् । सो कुराकानीमा स्मिथले आफु विश्वकपका लागि तयार रहेको बताएका छन् ।  उनले भने  "एक वर्षको प्रतिबन्ध विरुद्ध मैले कुनै अपिल गरिन् । म दोष स्वीकार गर्न चाहन्थे र आफु जिम्मेवारी लिन चाहान्छु। अब  केवल २०१९ को विश्वकपमा पुर्नआगमन हुने ध्यानमा छु । साथै इङ्गल्याण्ड विरुद्ध दमदार तयारीमा छु । "

स्मिथ मार्चमा यस वर्ष मिडिया सामु आएका थिए तब  उनि सबैका अगाडि रोएका थिए । स्मिथले भनेका थिए  "अहिले शान्त दिमागले अभ्यासमा ध्यान दिइरहेको छु । म इङ्ल्याणको आयोजनामा हुने विश्वकप प्रतियोगिताको तयारीमा लागेको छु । त्यहाँ खेल्न गाह्रो हुनेछ । '

अष्ट्रेलियाको क्रिकेट संघले बल टेम्परिङ (विगारेको) आरोपमा मुछिएका अष्ट्रेलियाली खेलाडी स्टिभ स्मिथ र डेविड वार्नरलाई एक वर्षको प्रतिबन्ध लगाएको थियो।  स्मिथ कप्तान थिए । त्यस्तै क्यामरन बेनक्राफ्टलाई ९ महिना प्रतिबन्ध लागेको थियो । यसअघि क्रिकेट अष्ट्रेलियाले कारबाही स्वरुप तीन खेलाडीलाई घर फिर्ता गरेको थियो ।

कप्तान टिम पेनलाई लिएर उनले भने ",कप्तान पेनले मुस्किल परिस्थितिमा राम्रो प्रदर्शन गरेका छन् । दोस्रो पेनले वनडेमा टिमलाई सम्हालेका छन् तर उनको सुरुवात राम्रो थिएन। म उनको नेतृत्वमा खेल्न तयार  छु । म उनलाई सकेसम्म मद्दत गर्नेछु। "

 दक्षिण अफ्रिकाविरुद्ध केप टाउन टेस्टमा भएको वल टेम्परिङ (विगारेको) विवादपछि स्मिथ र उपकप्तान डेविड वार्नर माथि प्रतिबन्ध लगाइएको थियो।

कप्तानीबारे स्मिथले भने , "अहिले म कप्तानीको बारेमा सोचेको छैन । मेरो ध्यान केवल टोलिमा आफ्नो ठाँउ बनाउनुमा छ। मेरो कप्तानले जे भन्छ त्यसलाई मदत गर्नेछु । यस समय आफूलाई खेल्न पूर्ण तयार गर्नेमा लागेको छु ।"

स्मिथ र वार्नरमाथि लगाइएको प्रतिबन्ध ३०, मार्च २०१९ मा सकिनेछ । स्मिथ हाल खेल अभ्यासको लागि केहि घरेलू टि२० खेलहरु खेलि रहेका छन् । उनिसुदरल्याण्डका साथै सिडनी ग्रेड क्रिकेटमा व्यस्त छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ