arrow

एउटा कोड लिनुस्, स्मार्टफोन र इन्टरनेट बिनै पाउनुहुनेछ बैंकिङ सेवा

नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्रधिकरणको 'डिजिटल प्रयास'

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
NRB_NTA_MOBILE.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्राधिकरणको साझेदारीमा मोवाईल फाईनान्सिङ सेवा सुरु हुने भएको छ । इन्टरनेटको सेवा बाहिर रहेका र बैंकको शाखा पुग्न नसकेका दूरदराजका नेपालीहरु अहिलेपनि बैंक तथा वित्तीय संस्थासँग टाढा हुनुपरेको अहिलेको समस्यालाई समाधान गर्न यी दुई निकायको साझेदारीमा मोवाईल फाईनान्स सेवा ल्याउन लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

दुई निकायबीच अब केही दिनमा नै यस सम्बन्धी विषयमा समझदारी पत्रमा हस्ताक्षर हुने नेपाल राष्ट्र बैंकका भुक्तानी विभाग प्रमुख देवकुमार ढकालले जानकारी दिए । उनले यो योजना गवर्नर चिरञ्जीवी नेपालको सक्रियतामा सुरु भएको भन्दै एकपटक गवर्नरसँगको छलफलपछि मात्रै सम्झौताको मिति तय गरिने बताए । यो सम्झौताको लागि दुबै पक्ष तयार भईसकेकोले गभर्नर र प्राधिकरणका अध्यक्षको समय मिलाएर छिट्टै सम्झौता गरिने जानकारी पनि ढकालले दिएका छन् । 

यसरी दिईने सेवामा आर्थिक पाटोको नियमन नेपाल राष्ट्र बैंकले गर्ने र त्यसको प्राविधिक पाटोको नियमा भने प्राधिकरणले गर्ने विषयमा सहमति हुँदैछ । यसको लागि दुबै निकायका प्रतिनिधिहरु राखेर एउटा संयुक्त समन्वय समिति पनि गठन भएको प्राधिकरणका उपनिर्देशक विनोद चन्द्र श्रेष्ठले जानकारी दिए । यसले यो सेवा सञ्चालमा ल्याउन र सञ्चालनमा आएपछि नियमनको र सहजीकरण गर्नको लागि आवश्यक वार्ता र संवाद गर्ने बताईएको छ । यो समितिमा नेपाल राष्ट्र बैंकबाट ४ जना र प्राधिकरणबाट २ जना प्रतिनिधि रहने बताईएको छ। 

नेपालमा २०१७ को अन्त्यसम्म आइपुग्दा कूल जनसंख्याको ४१ दशमलब ६ प्रतिशत जनसंख्या मात्रै बैंकको पहुँचमा रहेका छन् । बहुसंख्यक मानिसहरुलाई बैंकिङ प्रणाली भित्र ल्याउन नसकिरहेको अहिलेको अवस्थामा मोवाईलको प्रयोगबाट नै बैकिङ सेवा दिने तयारी यी दुई निकायले गरेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कूल जनसंख्याको १ सय ४० प्रतिशत भन्दा बढी मोवाईलकर्ता रहेका छन् । अर्थात् एक जना नेपाली नागरिकको औसतमा १.४ वटा मोवाईल रहेको छ । यस्तो अवस्थामा यो सेवाले बैंकिङ सेवाबाट बञ्चित नेपालीहरुले बैंकिङ सेवा पाउने विश्वास नेपाल राष्ट्र बैंकको छ । ढकाल भन्छन् ‘हामीले यो बैकिङ सेवा बाहिर रहेका नेपालीहरुलाई तत्कालै बैंकिङ सेवामा ल्याउनको लागि मोवाईल फाइनान्स सेवा जस्तो उत्कृष्ट अरु देखेनौं । त्यसैले यो सेवाको तयारीमा लागेका हौं ।’ 

कसरी दिन्छ बैंकिङ सेवा ?
अहिले केन्या जस्ता अफ्रिकी देश हुँदै छिमेकी मुलुक भारतमा पनि यस्तो सेवाहरु चलिरहेको छ । यसले बैंकिङ सेवालाई प्रभावकारी बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको इतिहास यी देशहरुले सिकाएका छन् । भारतमा पेटिएम नामले यो सेवा चलिरहेको छ । यस्तो सेवा वंगलादेशमा पनि चलिरहेको छ । अहिले नेपालमा पनि मोबाईल बैंकिङ सेवा सुरु भईरहेको छ । तर, त्यो नित्तान्त स्मार्ट फोन र इन्टरनेट सेवा लिईरहेकाहरुको लागि मात्रै प्रयोगमा आईरहेको छ । तर, अब ल्याउन लागिएको सेवाले भने युएसएसडी कोड हानेर नै बैकिङ सेवा लिन सक्छन् । 

जसरी अहिले नेपाल टेलिकममा *१४१५# डायल गरी मोवाईल डाटा प्याक, अनलिमिटेड भ्वाईस प्याक जस्ता सेवाहरु लिन सकिन्छ । त्यसरी नै तोकिएको युएसएसडी नम्बर डायल गरी आफ्नो बैंकिङ सेवा लिन सकिने बताईएको छ । प्राधिकरणका अनुसार मोवाईलमा हुने त्यो सेवाको लागि एउटा मोबाईलमा नै छुट्टै खाता हुने र खातामा भएको पैसा निकाल्न या अन्य कारोबारमा समेत प्रयोग गर्न सकिन्छ । 

नेपाल राष्ट्र बैंकमा भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक गरी दुई किसिमका गैर बैंक तथा वित्तीय संस्थाहरु दर्ता भएका छन् । तिनीहरुमध्ये भुक्तानी प्रणाली सञ्चालकहरु एउटा आधार तयार पार्ने संस्थाहरु मात्रै हुन् भने सेवा प्रदायकहरु जनस्तरमा सेवा प्रदान गर्नेहरु हुन् । यही सेवा प्रदायक संस्थामा भने खाता हुनुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्ता सेवा प्रदायकहरु अहिलेसम्म २ वटाले मात्रै स्वीकृति लिईसकेका छन् भने केही स्वीकृति लिने प्रक्रियामा छन् । 

यसको लागि के खाता हुनै पर्छ ? 
राष्ट्र बैंकका अनुसाबैंकमा र यसको लागि बैंकमा खाता हुनै पर्छ भन्ने छैन । विभिन्न स्थानमा सेवा प्रदायकले खोलेका काउन्टरहरुमा गएर पैसा आफ्नो खातामा हाल्ने र सोही काउन्टरबाट पैसा निकाल्ने गर्न पनि सकिन्छ । त्यसैले व्यक्तिको बैंकसँग सीधा कारोबार नभएपनि सेवा प्रदायकहरुको आधार बैंक नै हुन्छ र यसको नियमन पनि केन्द्रीय बैंकहरुले नै गर्ने गर्दछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ