arrow

बीमाको पहुँच १९ प्रतिशतको पुर्‍याउने लक्ष्य

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
swasthya_bima.jpg

काठमाडौँ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले नेपालमा बीमाको पहुँच केही वर्षभित्र १९ प्रतिशत पुर्‍याउने लक्ष्यसहित अघि बढ्ने बताएका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको आयोजनामा बीमा जागरणसम्बन्धी कार्यक्रम ‘मेरो खुशी, मेरो बीमा’को उद्घाटन गर्दै अध्यक्ष चापागाईंले बितेका दुई वर्षमा बीमा पहुँच बढेर दोब्बर अर्थात् १४ प्रतिशत पुगेको जानकारी दिए।

उनले बीमा पहुँचको वृद्धिदर जीवनतर्पm ३१ प्रतिशत र निर्जीवनतर्फ २० प्रतिशत रहेको उल्लेख गर्दै समितिले बीमा क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने बताए । उनले समितिले निर्जीवन बीमातर्फ बीमा लेख ल्याउने तयारी गरेको बताउँदै गार्हस्थ्य बीमालेख र व्यावसायिक बीमा लेख गरी दुई भागमा बाँडिएको उक्त नीति माघ १ गतेदेखि लागू हुने बताए ।

रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण पराजुलीले नेपालमा नौ वटा बीमा कम्पनी बजारमा आएपछि बीमा पहुँचमा उल्लेख्य वृद्धि भएको बताए । प्रिमियर इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीले बीमाको पहुँच अत्यन्तै कमजोर भएकाले प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ