arrow

फुटबल र जीन्दगीको पाठ 

logo
प्रकाशित २०७५ पुष ७ शनिबार
Soccer_Descipline.jpg

काठमाडौं। जीन्दगीका हरेक कुरालाई बुझ्नु र मनन गर्नु निकै कठिन छ। त्यसैले जीन्दगीलाई एक रहस्यमयी विषय मानिन्छ। त्यसैले जीवनको वस्तविकता बुझ्नु कठिन काम हो। जसका लागि जीवनका हरेक पाठहरु सिक्नु जरुरी हुन्छ। सिक्ने माध्यमहरु पनि विभिन्न किसिमको हुन्छ। खेलकूदलाई भने मानिसहरुले सिकाइभन्दा पनि मनोरञ्जनको रुपमा लिने गर्छन्। तर फुटबलले मानिसको जीवनका लागि केही महत्वपूर्ण ज्ञान दिने गरेको छ, जसलाई सबैले मनन गर्नु राम्रो हुन्छ।

१. प्रतिस्पर्धा 
जीवनमा दुई किसिमका प्रतिस्पर्धा हुन्छन्, जसमा एउटा विपक्षीसँग र अर्कोमा आफैंसँग पनि गर्नुपर्ने हुन्छ । जसमा विपक्षीसँगको प्रतिस्पर्धामा विपक्षीलाई कसरी नियाल्ने र उसलाई कसरी छलाउने भन्ने कुराको जानकारी राख्नु फुटबलमा जरुरी हुन्छ भने साथै आफूलाई कसरी सुधार गर्ने र हर परिस्थितिको लागि कसरी तयार पार्ने भन्ने ज्ञान फुटबलबाट लिन सकिन्छ । 

२. अनुशासन 
अनुशासन खेलाडीको गहना हो । प्रशिक्षकको नेतृत्वमा रहेर खेल्ने सबै खेलाडीको लागि अनुशासनको पालना गर्नु जरुरी हुन्छ । जसरी फुटबलमा अनुशासन कायम गर्ने खेलाडीले ठूलो सफलता पाउँछ, त्यसैगरी जीवनमा पनि अनुशासन कायम गर्ने मानिसले ठुलो सफलता पाउन सक्छ । 

३. कडा परिश्रम 
फुटबलमा परिश्रमको ठूलो महत्व हुन्छ । आफ्नो परिश्रमको माध्यमबाट खेलमा जति सुधार गर्न सकिन्छ, त्यसैगरी एकै क्षेत्रमा गरिएको परिश्रमबाट जीवन पनि त्यति नै सहज बनाउन सकिन्छ । 

४. नेतृत्व
फुटबलमा नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ । कुनै हदसम्म प्रशिक्षकको भूमिका हुन्छ तर जब खेलाडी मैदानमा प्रवेश गर्छ तब उसलाई आफ्नो नेतृत्वदायी भूमिका प्रदर्शन गर्नुपर्ने हुन्छ । आफ्ना साथीहरुलाई प्रेरित गर्नु र खेललाई अघि बढाउनु उसको जिम्मेवारी हुन्छ । यस किसिमको क्षमताले जीवनमा पनि सबैलाई लिएर अघि बढ्नका लागि सहयोग मिल्छ । 

५. अनुशरण 
नेतृत्व मात्र नभई अनुशरण गर्नु पनि फुटबलमा  निकै महत्वपूर्ण हुन्छ । कुन साथीको खुट्टामा कस्तो किसिमले बल अघि बढिरहेको छ, त्यसमा पनि ध्यान दिनु जरुरी हुन्छ । जीवनमा पनि राम्रो कामको अनुशरण गर्नु निकै महत्वपूर्ण हुन्छ । 
 

६. अघि बढ्ने तरिका 
अघि बढ्का लागि विपक्षीलाई पछि पार्नुपर्छ भन्ने खेलको सामान्य सिद्धान्त हो । यसका लागि कहिलेकाँही विपक्षीसँग टकराव पनि पर्ने गर्छ, यस्तोमा उनीहरुको अवरोध पार गर्दै अघि बढ्नु निकै चुनौतीपूर्ण हुन्छ । जीवनमा पनि यसै किसिमको सूत्र लागू हुन्छ । 

७. अभ्यासको महत्व
कुनै पनि खेलाडीको लागि वास्तविक मैदानको खेल भन्दा पनि अभ्यासको भूमिका ठूलो हुन्छ । यस्तोमा वास्तविक जीवनमा पनि कुनै पनि कामबारे अभ्यास गर्नु निकै महत्वपूर्ण हुन्छ । 

८. योगदान 
खेलमा प्रत्येक खेलाडीले गरेको योगदानको महत्वपूर्ण भूमिका हुन्छ । कसैको योगदान विना टोलीले जित्न सक्दैन । कहिलेकाँही आफ्नो सम्भावना बलियो हुँदाहुँदै पनि अर्को कुनैलाई सहयोग दिनुपर्ने अवस्था आउन सक्छ । 

९. नियन्त्रण 
फुटबलमा आफ्नो सबै किसिमको भावनालाई नियन्त्रणमा राख्दै आफ्नो खेलमा ध्यान दिनु निकै महत्वपूर्ण हुन्छ । भावनामा आएर आफूलाई नियन्त्रण गर्न नसक्ने खेलाडीले खेलमा राम्रो प्रगति गर्न सक्दैन । त्यसैगरी जीवनमा पनि सबै कुराहरु बिर्सेर आफ्नो बाटोमा ध्यान केन्द्रित गर्नु राम्रो हुन्छ । 

१०. आफूले सुरु गरेको कामको सही व्यवस्थापन 
यो जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । आफूले सुरु गरेको कामको सही व्यवस्थापन गर्न नसक्नुले जीवनमा अनेक किसिमको समस्या आउनसक्ने हुन्छ । यस्तोमा सुरु गरेपछि सही ीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । आफूले सुरु गरेको कामको सही व्यवस्थापन गर्न नसक्नुले जीवनमा अनेक किसिमको समस्या आउनसक्ने हुन्छ । यस्तोमा सुरु गरेपछि सही ढङ्गले त्यसको व्यवस्थापन पनि गर्नु जरुरी हुन्छ भन्ने ज्ञान फुटबलले सिकाउन सक्छ । 

११. व्यक्तिगत स्वार्थबाट टाढा रहने 
सबै खेलाडीहरुमा आफ्नो छुट्टै किसिमको क्षमता हुन्छ । यस्तोमा सबैले आफ्नो स्वार्थका लागि मात्र बल अघि बढाउने हो भने यसले टोलीलाई जित दिलाउन भने सक्दैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ