arrow

विश्व क्रिकेटमा सन्दिपको ब्यवसायीक उडान

logo
प्रकाशित २०७५ पुष ७ शनिबार
Sandeep_bbl1.jpg

काठमाडौं। नेपाली क्रिकेटका तारा सन्दिपले बिग बास लिग (बिबिएल)को पहिलो खेलमा उत्कृष्ठ प्रदर्शन गरेका छन्। उनले मेलबोर्न स्टार्सबाट खेल्दै पहिलो खेलमा २ विकेट लिएका छन्। उनले आफ्नो पहिलो ओभरमा सेन वाट्सन र क्यालुम फर्गसनको विकेट लिएका थिए। उनले आफ्नो पहिलो खेलमा ४ ओभर गर्दै ३५ रन खर्चेर २ विकेट लिएका थिए।

बिश्वभरीका प्रमुख क्रिकेट लिगहरु खेलिरहेका सन्दिपको ब्यवायीक उडान राम्रो रहेको छ। उनले खेलेका सबै ठाउँमा आफ्नो छाप छाडिरहेका छन्। उनको प्रदर्शनले विश्व क्रिकेट जगतमा नेपालको नाम पनि चिनाईरहेको छ। उनको ब्यवसायीक सफलताले नेपाली क्रिकेटलाई ठूलो योगदान दिने निश्चित रहेको छ।  

अष्ट्रेलियाका लागि खेल्ने अर्का लेग स्पिनर एडम जाम्पा रहेको टोलीमा सन्दिपले मौका पाउलान वा नपाउलान त्यो चर्चाको बिषय रहेको थियो। सामान्य रुपमा हेर्दा एकै पटक दुइ लेग स्पिनर टोलीहरुले खेलाउदैनन तर मेलबर्नले जाम्पा सहित शन्दिपलाई पनि मौका दियो। सन्दिपले उक्त मौकाको भरपुर सदुपयोग गरेका छन्। 

उनको उक्त प्रदर्शनले आगामी खेलमा पनि उनको स्थान पक्का भएको देखिन्छ भने यस्तै राम्रो प्रदर्शन जारी रहेमा भारतमा हुने आईपीएलमा पनि उनको खेल्ने संभावना बढ्ने छ। उनी आईपीएलमा दिल्ली क्यापिटल्ससँग अनुबन्धित छन्। बिबिएल खेल्नु अघि अष्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङले शन्दिपलाई स्टार खेलाडी भनेर घोषणा गरिसकेका छन्। शन्दिपको क्रिकेट उचाई बढाउनेमा अष्ट्रेलियाका अर्का कप्तान माईकल क्लार्कको राम्रो सहयोग रहेको छ। 

मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले सन्दिपसँग आईपीएलको दौरान दिल्लीमा अभ्यास गर्दा उनलाई दुई हप्ता सन्दिपको बल बुझ्न लागेको बताउँछन्। सन्दिपसँग खेलेका म्याक्सवेलले बिग बासका लागि आफ्नो टोलीमा सन्दिपलाई अनुबन्धित गरेका हुन्। सन् २०११मा शुरु भएको बिबिएल बिश्व क्रिकेटमा ब्यवसायीक टि-२० क्रिकेट लिगमा अब्बल दर्जाको मानिन्छ ।

भारतीय ब्यवसायीक क्रिकेट लिग (आईपीएल)मा दिल्ली डेयर डेविल्सबाट खेलेका सन्दिपले आफ्नो क्षमता देखाईसकेका थिए। उक्त क्षमता पहिचान पछि बिश्वका प्रमुख ब्यवसायीक टि-२० क्रिकेट प्रतियोगीतामा सहभागीता जनाएर सफलता चाखिसकेका सन्दिपलाई मेलबर्नले आफ्नो टोलीमा समाहित गर्दा टोली बलियो हुने बिश्वास गरेको छ। बीचमा उनी बंगलादेश प्रिमियर लिग खेल्नका जनवरी ५ मा जानेछन् र उक्त लिग सकेर बाँकी खेलका लागि अष्ट्रेलिया फर्किनेछन्। 

सन् २०१५मा चितवनको क्याम्पा चौरबाट तत्कालिन नेपाली क्रिकेटका प्रशिक्षक पुबुदु दशानायकेले सिधै राष्ट्रीय टोलीको क्याम्पमा ल्याएका थिए। त्यसपछि सन्दिपले अनेक सफलता देखिसकेका छन्। उनको सफलतासँगै नेपाली क्रिकेटले पनि सफलता पाईरहेको छ। 

गत जनवरीमा उनले आईपीएल खेल्दै यो प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएका थिए। त्यसपछि उनले विश्वका विभिन्न टी–२० प्रतियोगिताहरुमा सहभागिता जनाइसकेका छन्। उनले सीपीएल, ग्लोबल टी–२० क्यानडा, बीपीएल हुँदै अहिले बीबीएल खेल्न लागेका हुन्। अष्ट्रेलियाको मध्य स्तरको क्रिकेटमा भने उनले सहभागिता जनाइसकेका छन्। उनले सन् २०१६ मा माइकल क्लार्कको निगरानीमा अष्ट्रेलियामा खेल्ने मौका पाएका थिए। 

वकार युनिसको नजरमा सन्दिप
पाकिस्तानी पूर्वबलर वाकार युनिसले लामिछानेको सुधारलाई नजिकैबाट नियालिरहेका छन्। उनी अहिले सिल्हेट सिक्सरको प्रशिक्षक रहेका छन् र यो टिमले भर्खरै लामिछानेलाई आगामी सिजनको बीपीएलका लागि अनुबन्धित गरेको छ। “म सधैं युवा र राम्रो लेग स्पिनर्सलाई महत्वपूर्ण विकेट लिनसक्ने खेलाडीको रुपमा लिने गर्छु”, वाकरले भने, “जब मैले २०१७ मा सन्दीपलाई देखेँ, त्यतिबेला नै यी खेलाडीलाई एउटा मौका दिनुपर्छ भन्ने लाग्यो।” उनले क्रिकईन्फोलाई भनेका छन्। 

सन् २०१७ को बीपीएलका लागि सिल्हेट सिक्सरले सन्दीपलाई बोलाएको थियो तर नेपाली टोलीको क्रिकेट परेको कारण उनी जान पाएका थिएनन् । सन्दीप अरुभन्दा विशेष र फरक रहेको वाकर बताउँछन्। उनीमा अद्भूत क्षमता, खेलको मूल्यांकन गर्ने तरिका र फरक शैलीको खेल प्रस्तुत गर्ने इच्छा रहेको उनको बुझाइ छ। उनी एक पुर्ण खेलाडी हुन्। 

बिबिएलमा कुल आठ टोली सहभागी हुनेछन्। एडिलेट स्ट्राईकर्स, ब्रिसबेन हिट, होबर्ट हरिकेन, मेलबोर्न रेनेगेड्स, मेलबोर्न स्टार्स, पर्थ स्कोर्चर्स, सिड्नी सिक्सर्स, सिड्नी थण्डर रहेका छन्। अफगानिस्तानका रासिद खानले पनि सन् २०१७ मा बीबीएल खेलेका थिए र अफगानिस्तानबाट यसपटक मुजिब उर रहमानले पनि यो प्रतियोगिता खेल्दैछन्। सन्दीप लामिछाने सन् २०१६ मा भएको यू–१९ विश्वकपका छ खेलमा १४ विकेट लिँदै सबैको आँखामा पर्न सफल भएका थिए । यस वर्ष लामिछानेको आईसीसी विश्वकप छनोटमा १३ विकेट लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ