arrow

विश्व फुटबलका ९ दर्दनाक घटनाहरु 

logo
प्रकाशित २०७५ पुष ७ शनिबार
football_disaster1.jpg

काठमाडौं। फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो। यो खेलमा धेरै मानिसहरुको रुचि छ। यस्तोमा धेरै मानिसहरु यो खेल हेर्न रंगशालामा नै पुग्ने गरेका छन्। यसरी खेल हेर्ने क्रममा विश्वमा केही दर्दनाक घटनाहरु पनि भएका छन्, जसमध्ये केही यहाँ उल्लेख गरिएको छ–

१. पेरुको स्टेडियम 
फुटबलमा पेरुको राष्ट्रिय स्टेडियममा १९६४ को मे महिनामा पेरु र अर्जेन्टिनाको बीचमा भएको ओलम्पिक छनोट खेल रणभूमि बन्न पुगेको थियो। यो अहिलेसम्मकै सबैभन्दा धेरै मानिसहरुको ज्यान गएको खेल हो। एकअर्कालाई घृणा गर्ने उक्त दुई मुलुकका समर्थकहरुकोबीचमा भएको भीडन्तको कारण ३१८ मानिसहरुको ज्यान गएको थियो। साथै ५ सय मानिसहरु गम्भीर घाइते बनेका थिए। जसमा पेरुले गरेको २ गोल गरेको अवस्था मान्यता नदिएपछि समर्थकहरुको बीचमा हानाहान सुरु भएको थियो।

२. घाना
सन् २००१ मा स्थानीय दुई क्लबहरुको बीचमा भइरहेको क्लबको खेलमा प्रहरीले अश्रुग्यास चलाएको थियो। त्यससँगै स्टेडियम अशान्त बन्न पुगेको थियो। सो स्टेडियममा ७० हजार मानिसहरु उपस्थित थिए। यो घटनामा परी १ सय २६ मानिसहरुको ज्यान गएको हो।

३. ग्वाटेमाला
सन् १९९६ को अक्टोबर १६ मा ग्वाटेमालामा घरेलु टोली र कोस्टारिकाको बीचमा यो खेलमा क्षमताभन्दा बढी पस्ने प्रयास गरेपछि तनाव सिर्जना भएको थियो। सो झडपमा परी ८० जना मानिसहरुको ज्यान गएको थियो भने १८० जना मानिसहरु घाइते भएका थिए।

४. हिल्सबोरोघ 
इंगल्याण्डको सेफिल्डमा एफए कपको लिभरपुल र सिफिल्ड युनाइटेडको बीचमा खेल हुँदै थियो। यो खेलमा पनि धेरै मानिसहरु भित्र प्रवेशका लागि प्रयास गरेका थिए। सो घम्साघम्सीबाट सुरु भएको तनावपछि झडपमा परी ९६ जना मानिसहरुको ज्यान गएको थियो।

५. काठमाडौं 
सन् १९९८ को मार्च १२  मा दशरथ रंगशालामा प्राकृतिक संकटको कारण उत्पन्न भएको सबैभन्दा ठुलो संकट हो। नेपाल र बंगलादेशको बीचमा खेल भइरहेको अवस्थामा आएको ठुलो हावाहुरी र असिनापछि भागदौड मच्चिएको थियो। यो घटनामा परी ९३ जना मानिसहरुको ज्यान गएको थियो। 

६. इजिप्ट 
२०१२ को फेब्रुअरी महिनामा इजिप्टका दुई क्लबहरुको बीचमा भइरहेको खेलमा दुई पक्षका समर्थकहरुको बीचमा भएको आक्रमणमा परी ७९ जना मानिसहरुको ज्यान गएको थियो। सो घटनामा एक हजार मानिसहरुको घाइते भएका थिए।

७. अर्जेन्टिना
सन् १९६८ मा अर्जेन्टिनामा भएको क्लबस्तरीय खेलपछि समर्थकहरु खेलपछि बन्द गरिएको ढोकातर्फ लागेका थिए। ढोकाको अर्कोतर्फ रहेका समर्थकहरुले गेट भित्रतर्फ धकेलेका थिए। यस्तोमा गेट बन्द भयो भनेर थाहा नपाएकाहरु च्यापिएका थिए। यो घटनामा परी ७१ जना मानिसहरुको ज्यान गएको थियो।

८. स्कटल्याण्ड 
सन् १९७१ को जनवरीमा एक खेलको क्रममा आफ्नो टोलीले हार्ने भएपछि समर्थकहरु निराश हुँदै फर्किने क्रममा स्डेडियममको सिँडी भत्किएको थियो। जसमा ६६ जना मानिसहरुको ज्यान गएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए।

९. ब्राडफोर्ड सिटी स्टेडियम
सन् १९८५ को मे मा इंगल्याण्डमा खेल हुँदै गरेको समयमा स्टेडियममा आगलागी भएको थियो। काठको सिटहरु भएको यो स्टेडियममा भएको सो घटनामा परी ५६ जना मानिसहरुको ज्यान गएको थियो भने ४५० जना मानिसहरु घाइते भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ